नेपालि मोडल पुजाको भोजपुरी फिल्ममा इन्ट्री

0
95

आजकोकुरा:फागुन ३०, काठमाडौं । नेपालि मोडल तथा नायिका पुजा ठाकुरको भोजपुरी फिल्ममा इन्ट्री हुने भएको छ !
इन्दु चन्द्र फिल्म प्रोडक्शन ब्यानरमा बन्न लागेको भोजपुरी फिल्म ‘ हत्यारा ‘मा पुजाको इन्ट्री हुन् लागेको हो ! इन्दु चन्द्र फिल्म प्रोडक्शन ब्यानर नेपालि इन्चार्ज भोजपुरी युवा आर्टिष्ट अभिनय कुमार सिंह द्वारा सम्झौता गरिएको हो ! यो फिल्म एक एक मल्टि स्टार फिल्म हुनेछ !
यस फिल्ममा अन्य भोजपुरी सुपर स्टारहरु समेत हुने छन् !जसमा मनोज टाइगर,आयाज खान,त्रीसा खान,संजिव मिश्रा ,संजय वर्मा ,अभिनय सिंह लगायतको अभिनय रहनेछ !
यस फिल्मको कथा,निर्माता तथा निर्देशक ब्रजेश पाठक हुन् ! यस फिल्मको सम्पूर्ण गीत रेकर्डिङ्ग मुम्बईमा भैसकेको  इन्दु चन्द्र फिल्म प्रोडक्शन ब्यानर नेपालि इन्चार्ज भोजपुरी युवा आर्टिष्ट अभिनय कुमार सिंहले बताउदै यहि मार्च १५ देखि शुटिङ्गको लागि सम्पुर्ण टिम मुम्बई जाने पनि बताए ! साथै उनले यो पारिवारिक,मनोरन्जनात्मक अनि एक्सनमुलक समेत रहने पनि बताएका छन् !

LEAVE A REPLY