श्रमिक महिला दिवसकै दिन तेजाब प्रहार

0
69

आजकोकुरा: फागुन २५, कपिलवस्तु । विस्व ११० औ अन्तराष्ट्रीय श्रमिक महिला दिवस मनाइरहेको बेला कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका– १ महाराजगञ्जमा एक महिलामाथि तेजाब प्रहार गरिएको छ । तेजाब प्रहारबाट ५१ वर्षीया बेदमतीदेवी गुप्ता घाइते भएकी छन् ।महिलाको निधार र शरीरमा तेजाब लागेको छ ।
वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए अनुसार गुप्ताको अवस्था भने सामान्य रहेको छ ।
तेजाब आक्रमणपछि घाइते गुप्ताको कपिलवस्तु जिल्ला अस्पतालमा उपचारपछि युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।
क्रिकेट ब्याटका विषयमा विवाद चल्दै गर्दा छिमेकी हरिनारायण वरईले तेजाब प्रहार गरेको बताइएको छ । क्रिकेट ब्याट भाँचेपछि पैसा तिनुपर्ने भन्दै झगडा भएका बेला ब्याट्रिमा राख्ने तेजाब वरईले फालेका थिए । वरई ब्याट्री मर्मत गर्ने पसल सञ्चालन गर्छन् ।
प्रहरीले तेजाब प्रहार गर्ने वरई प्रहरी नियन्त्रणमा लिएका छन् । उनलाई ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।साथै वरईको पसलबाट पाँच लिटर तेजाबसमेत प्रहरीले बरामद गरेको छ ।

LEAVE A REPLY