प्रचण्डमाथि जुत्ता प्रहार प्रकरणमा छानबिन समिति गठन

सत्तारुढ दल नेकपा जुम्लाले भने रतन सहिद परिवारको सदस्य नभएको र विप्लव कार्यकर्ता रहेको दाबी गर्दै प्रेस बिज्ञप्ति

0
87

आजकोकुरा: फागुन १९, काठमाडौं ।आइतबार राष्ट्रिय सभागृहमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि जुत्ता प्रहार प्रकरणको छानबिन गर्न एसएसपी सहकुल बहादुर थापाको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
तत्कालीन एमाले नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सहभागी भएका प्रचण्डमाथि जुत्ता प्रहार भएको थियो । तर, प्रचण्डलाई जुत्ता भने लागेको थिएन ।
सोमबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीको आदेशमा समिति गठन गरिएको छ । यस समितिमा एसएसपी थापाको नेतृत्वमा परिसरका डिएसपी बोगटी र महानगरीय प्रहरी वृत सिंहदरबारका इन्सपेक्टर युवराज तिम्लिसिना रहेका छन् । एसएसपी थापा महानगरीय अपराध महाशाखाका प्रमुख हुन् ।
जुम्लाका २१ वर्षीय रतन तिरुवाले प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए । आफू सहिद परिवारको भएको र माओवादी संघर्षका क्रममा बाबुको ज्यान गएको तिरुवाले दाबी गरेका छन् ।

यता, सत्तारुढ दल नेकपा जुम्लाले भने रतन सहिद परिवारको सदस्य नभएको र विप्लव कार्यकर्ता रहेको दाबी गर्दै प्रेस बिज्ञप्ति समेत निकालेको छ ।

LEAVE A REPLY