मोदीद्वारा ओलीलाई सफल शल्यक्रियाको कामना

0
78

आजकोकुरा: फागुन १९, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीको सफल शल्यक्रियाको कामना व्यक्त छन् ।

सोमबार मोदीले ट्विट गर्दै नेपाली समकक्षी ओलीको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

उनले ट्विटरमा ‘मेरा प्रिय साथी केपी शर्मा ओली जी, तपाईंको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’ लेखेका छन् ।

मोदीले भगवान पशुपतिनाथले राम्रो स्वास्थ्य, खुशी र दीर्घ जीवन प्रदान गरुन भन्ने पनि कामना गरेका छन् ।

साथै मोदीले नेपाल–भारतबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन ओलीको योगदानको प्रतीक्षामा आफू रहेको पनि ट्विटरमा लेखेका छन् ।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या आएपछि बुधबार पुनःअर्को प्रत्यारोपण गरिँदैछ । त्यसका लागि ओली आज नै अस्पताल भर्ना हुँदैछन् ।

LEAVE A REPLY