राजा सबैको साझा : कमल थापा

0
82

आजकोकुरा: फागुन ६, बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले आफ्नो पार्टीलाई दुःख दिन दरबार वरिपरिका मान्छे लागेपनि राजा र राजसंस्थासँग राप्रपाको दुरी नघट्ने  बताएका छन् ।

मंगलबार रुपन्देही बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष थापाले ‘राप्रपालाई कमजोर बनाउन र दुःख दिन दरबार वरिपरिका मान्छेहरु लागेका छन् ‘ भन्दै उनले ‘ उनीहरुले नकारात्मक सोंच राख्दैमा राजा र राजसंस्थासँग हाम्रो पार्टीको दूरी घट्दैन ‘ पनि भने ।

राजा कुनै व्यक्ति र दलको मात्रै नहुने , राजा सबैको साझा हुने पनि थापाले बताए । राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा अझै पनि रहेको , जनताको आस्था र विश्वास अझै राप्रपामा रहेको दाबी गर्दै उनले आउँदो चुनावबाट हामि तेस्रो शक्तिको रुपमा उदाउने विस्वास व्यक्त गरे ।

अब जनताले कम्युनिष्ट र कांग्रेसको विकल्पमा बलियो र भरपर्दो लोकतान्त्रिक शक्ति खोजेको थापाको भनाइ थियो ।

उनले आउँदो चुनावलाई लक्षित गरी राप्रपाले महाधिवेशनको मिति सकिनु ९ महिना अगावै महाधिवेशन गर्न थालेको बताउदै आउँदो चुनावसम्म देशभर तीन लाख सक्रिय कार्यकर्ता बनाउने लक्ष्यसहित सातै प्रदेशमा संगठन विस्तार अभियान चलाइएको पनि थापाले बताए ।

LEAVE A REPLY