अब दुई प्रादेशिक कार्यालयमा राष्ट्र बैंकको विशिष्ट श्रेणीको दरबन्दी

0
99

आजकोकुरा: फागुन ६, काठमाडौं । नेपाल राष्ट्र बैंकले अब उपत्यकाबाहिरका दुई कार्यालयमा पनि कार्यकारी निर्देशकको दरबन्दी हुने व्यवस्था गर्ने भएको छ ।

सञ्चालक समितिको सोमबार बसेको बैठकले प्रदेश नम्बर एकको विराटनगर कार्यालय र प्रदेश २ को विरगञ्ज कार्यालयमा कार्यकारी निर्देशकलाई कार्यालय प्रमुखको रुपमा खटाउने यसरि निर्णय गरेको हो ।

यि कार्यालयहरुमा यस अघि निर्देशक नै कार्यालय प्रमुख रहने व्यवस्था रहेको थियो । कार्यकारी निर्देशक विशिष्ट श्रेणी हो भने निर्देशक पद प्रथम श्रेणी हो ।

राष्ट्र बैंकका एक सञ्चालकले जानकारी दिए अनुसार अन्य ठाउँको तुलनामा विराटनगर र विरगञ्ज कार्यालयको भूमिका धेरै हुने भएकाले विशिष्ट श्रेणीको दरबन्दी राख्ने निर्णय गरिएको हो ।

यसैगरी सोमबार साझ बसेको सञ्चालक समिति बैठकले अर्थसचिव शिशिर ढुंगानालाई सञ्चालकको रुपमा स्वागत समेत गरेको छ । अर्थमन्त्रालयका सचिव राष्ट्र बैंकको सञ्चालक रहने कानूनी व्यवस्था अनुसार ढुंगानालाई गभर्नर तथा सञ्चालक समितिका अध्यक्ष डा. चिरञ्जीवि नेपालले स्वागत गरेका थिए । २२ माघदेखि समिति पद रिक्त थियो ।

राष्ट्र बैंक सञ्चालक समितिको अध्यक्ष गभर्नर नै हुने व्यवस्था छ भने अर्थ सचिव राष्ट्र बैंकको सञ्चालक समिति सदस्य रहने व्यवस्था छ ।

LEAVE A REPLY