किराती साम्सदलाइ आर.के. खम्बुको प्रश्न ‘ किरात आएन भने पार्टि छोड्ने दम छ ?’

सनिबार काठमाण्डौमा नै बृहत पहिचान समुहको अन्तरक्रिया कार्यक्रम सम्पन्न...... आदिवासी जनजाति ,खस , दलित लगायतको राष्ट्रीय ठुलो राजनीति पार्टीमा परिणत हुने

0
152

आजकोकुरा:माघ २६, काठ्माण्डौ ! खम्बुवान राष्ट्रीय मोर्चा अध्यक्ष तथा संविधान सभा सदस्य आर.के. खम्वुले किराती साम्सदहरुलाई प्रदेश १ को नाम किरात आएन भने पार्टी छोड्ने हिम्मत छ ?कि यसरि नै किराती हौ भन्दै अल्मलाउछौ ?प्रश्न गरेका छन् !
किरात राइ यायोक्खाले काठ्माण्डौमा प्रदेश १ को नामांकन बारे छलफल अन्तरक्रिया कार्यक्रममा बोलाइएको साम्सद तथा अन्य राजनीतिक पार्टीको नेताहरुको बिचमा खम्बुले यसरि प्रतिक्रिया तेर्साउदै साम्सदहरुलाई प्रश्न गरेका थिए ! केहि सांसदहरु वेउत्तर मंच छाडेर बाहिरिएका थिए ! साथै नेता आर.के. खम्बुले ‘ यायोक्खालाई मेरो सुझाव खम्बु-लिम्बुको आफ्नो इतिहास छ ,यो बेला शक्ति संचय गर्ने बेला रहेकोले तपाइहरुले मेरो बाह्रै टक्का भन्ने खालले किरात मात्र नभन्नुस ‘भनेका थिए ! प्रत्तिउत्तरमा यायोक्खा केन्द्रिय अध्यक्ष दिवस राइले ‘ लिम्बुलाई कुनै हाम्रो अवरोध छैन ,यो बेला मिलेर नै जानु पर्छ ,हामीले छलफल बढाइ रहेका छौं ‘ भने !
सो छलफल कार्यक्रममा नेकपा बाट सांसदहरु सुधन किराती, सुरेश हिमाल, जय कुमार राइ लगायत थिए भने ! उनीहरुले प्रयास गर्नुहोला तर यति नै खेर हामीले केहि भन्न सक्दैनौ भनेका थिए !
यसैगरी ,समाजवादी जनजाति महासंघ अध्यक्ष चन्द्र राइ,सूनुवार समाज अध्यक्ष रणबिर सुनुवार लगायतको बाक्लो उपस्थित रहेको थियो ! सवैको प्रतिक्रिया लिम्बु खम्बु बिना असम्भव रहेकोले हामि मिलेर नै बढ्नु पर्छ रहेका थिए !


यसैगरी सनिबार काठमाण्डौमा नै बृहत पहिचान समुहको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ! जसमा नेपा राष्ट्रीय पार्टी अध्यक्ष डा. विजय सैजु, खम्बुवान राष्ट्रीय मोर्चा अध्यक्ष आर. के. खम्बु .संघीय लोकतान्त्रीक मंच अध्यक्ष कुमार लिंग्देन, थरुहट थारुवान राष्ट्रीय मोर्चा केन्द्रीय संयोजन समिति संयोजक लक्ष्मण थारु,खसान राष्ट्रीय संघर्ष समिति संयोजक प्रेम खाती, नेपाल लोकतान्त्रीक पार्टी अध्यक्ष भानुराम थारु उपस्थिति रहेका थिए ! साथै यस कार्यक्रममा वक्ता तर्फ राजनीतिक विश्लेषक सिकेलाल ,आदिवासी जनजाति अभियन्ता डा.ओम गुरुङ , नेपाल आदिवासी जनजाति महासंघ अपाध्यक्ष गोबिन्द छन्त्याल , आदिवासी जनजाति अभियन्ता मल्ल के सुन्दर , अभियन्ता एवं विश्लेषक विजयकान्त कर्ण , लाहुर्निप सचिव अधिवक्ता शंकर लिम्बु , आदिवासी जनजाति अभियन्ता डा. सुमित्रा मानन्धर , आदिवासी जनजाति अभियन्ता दुर्गालाल श्रेष्ठ , आदिवासी जनजाति अभियन्ता सुरेश किरण , बरिष्ट पत्रकार युग पाठक , तराइ मधेस राष्ट्रीय परिषद संयोजक सरोज राय , गुठि बिधेयक विरुद्द एकिकृत संयोजक डा. महेश मान श्रेष्ठ लगायतको उपश्थिति रहेको थियो !
थरुहट थारुवान राष्ट्रीय मोर्चाको घोषित आन्दोलनलाई समर्थन गर्दै अब चाडै आदिवासी जनजाति ,खस , दलित लगायतको राष्ट्रीय ठुलो राजनीति पार्टीमा परिणत हुने सवैले बिस्वास व्यक्त गरेका थिए !

LEAVE A REPLY