एकताको बाहुबलले सजावौँ ‘खम्बुवान ‘ : नेता आर.के. खम्बु

प्रत्यक्ष चुनाव जितेता पनि रेशम चौधरी जातीय विभेदमा परेर जेलमा षडयन्त्र पुर्वक कोचिएको छ अनि ज्यानमाराको मुद्दा खेपिरहेका सापकोटा चै जातीय वादमा सभामुख

0
79

आजकोकुरा:माघ १९ ,काठमाण्डौ । पहिचानको लागि संविधान सभामा दह्रिलो वहस गर्ने राजनैतिक पार्टि खम्बुवान राष्ट्रीय मोर्चा नेपालको उपत्यका (यालाखाम )समितिको राजनैतिक प्रशिक्षण भेला सनिवार काठमाण्डौमा भव्य सम्पन्न भएको छ !
पछिल्लो समय ३ नम्वर प्रदेशको नाम बागमती आए संगै प्रदेश १ मा पनि पहिचानको नाम तुहिने पो हो कि ? भन्दै गम्भीर मनन भएर लड्न र एकता हुनको लागि नयाँ एकताको रणनिति पस्किन स्वरुप यो महत्वपुर्ण ऐतिहासिक प्रशिक्षण भेला भएको खरामो उपत्यका अध्यक्ष मनिराम खम्बुले आजकोकुरालाई बताए !
काठ्माण्डौ अनामनगर सम्वादडवलिमा ४ घण्टा प्रशिक्षण चलेकको थियो ! उक्त कार्यक्रममा खरामो केन्द्रिय अध्यक्ष तथा सभासद आर.के.खम्बु ,खरामो केन्द्रिय प्रवक्ता तथा कोषाध्यक्ष राजन खम्बु, खरामो केन्द्रिय सदस्य तथा प्रेस बिभाग प्रमुख राज्य खम्बु खम्वुवान दलित मंच तर्फा वाट कानुन व्यवसायी इन्द्र कालिकोटे साथै बिभिन्न खरामो १४ जिल्ला संयोजक इञ्चार्ज लगायतको बाक्लो उपस्थित रहेको थियो !
कार्यक्रमा स्वागत मन्तव्य दिदै युवा नेता राज्य खम्बुले ‘ अब प्रदेश १ मा पहिचानको लागि सवै पहिचानावादिहरु एक हुनु पर्दछ र एकताको लागि प्रदेश १ मात्रै होइन देशै भर खरामोले भूमिका निर्वाह गर्दछ ‘ भने ! कार्यक्रममा दलित मान्छ बाट इन्द्र कालिकोटेले ‘ खम्वुवानको उद्देश्य र विचार जातीय मुक्तिको लागि उत्कृष्ट छ , यसमा बाहुनलाई पनि साह्रै समान सम्मान रछ ,सवै जुटौ र जुट्नुपर्छ र आजको कार्यक्रमलाइ शुभकामना ‘ भने !
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका प्रमुख प्रशिक्षक खरामो अध्यक्ष तथा सभासद आर.के. खम्बुले खम्बुवान के हो? खम्बुवानमा किन आउने? खम्बुवानमा आएपछि के हुन्छ ? स्पष्ट पार्दै ‘ प्रत्यक्ष चुनाव जितेता पनि रेशम चौधरी जातीय विभेदमा परेर जेलमा षडयन्त्र पुर्वक कोचिएको छ अनि ज्यानमाराको मुद्दा खेपिरहेका सापकोटा चै जातीय वादमा सभामुख भए ! त्यसकारण सत्ता प्राप्त बिना र राजनीति बिना सवै कुरा भ्रम हो ,यहाहरु हामि सवैले बुझ्नु पर्छ ‘भने ! साथै उनले ‘ कुनै समय गाउँमा गोरु लड्यो भने सार्की ,तामाङ्ग खोजेर खान दिने तर अहिले लोकतन्त्र आएपछि भने आफ्नो धर्मले मागेको गोरु खादा जेल जानु पर्ने? यसकारण सिमित १२प्रतिशत जातिले समग्र ८८ प्रतिशत जातिमा शाशन गर्न हुन्छ ? ‘पनि भने !
सो कार्यक्रममा खरामो उपत्यका कोषाध्यक्ष सपना खम्बुले पनि बोलेका थिए भने कार्यक्रम संचालन उपत्यका सचिव सुवास खम्बुले गरेका थिए ! कार्यक्रमको अन्त्यमा बिभिन्न जिल्ला बाट बिभिन्न पार्टि बाट प्रवेश गर्ने नेता कार्यकर्ताहरुलाई खरामो अध्यक्ष आर.के.खम्बुले सपथ गराएका थिए !

LEAVE A REPLY