प्रेम दिवशमा ‘ यो माया नभए’

0
174

आजकोकुरा:माघ १९ ,काठमाण्डौ । नेपालि आइडयलमा सवैको ढुकढुकी बन्दै तेस्रो स्थान हासिल गरेका गयाक प्रताव दासको साथमा कबिता श्रेष्ठको स्वरमा सजिएको कर्णप्रिय गीत ‘ यो माया नभए’ को म्युजिक भिडियो चाडै आउने भएको छ !
जयवीर तामांगको शव्द संगीतमा रहेको यो गीतको छायांकन सुन्दर जिल्ला धादिंगको पर्यटकिय स्थान रुबी भ्याली गाउँपालिकामा गत हप्ता गरिएको छ ! जसमा क्यामेरा तथा ड्रोन जनकराज अधिकारिले चलाएका छन् !
पवन वाङ्ग लामाको संगीत संयोजन रहेको यस गीतमा मान बा.तामाङ्ग र वर्षा परियारको रोमान्स रहेको छ ! जुन गीतको रेकर्डिङ्ग म्युजिक पार्कमा भएको हो !
नयाँ शैलीमा कैद गरिएको यस गीतको कलर/भिएफ़एक्स श्रीकृष्ण श्रेष्ठ ,सम्पादन नरीन श्रेष्ठको रहेको छ भने जुन गीतको भिडियो निर्देशन नरमान तामाङ्ग रबिन ले गरेका छन् ! केहि दिन पछि प्रेम दिवशको अवसर पारेर सार्वजनिक गरिने निर्देशक तामाङ्गले आजकोकुरालाई बताए !

LEAVE A REPLY