कोरोनाभाइरस : चीन भ्रमण गरेकामाथि सीमा बन्द गर्ने देश बढ्दो

0
70

आजकोकुरा:माघ १९ ,एजेन्सी । विश्वका कैयौँ देशले कोरोनाभाइरसको विस्तार नियन्त्रण गर्न चीन भ्रमण गरेर फर्केकाहरुका लागि सीमा बन्द नै गरेका छन् । यस सन्दर्भमा हाल अमेरिका र अष्ट्रेलियाले केही दिनभित्रमा चीन भ्रमण गरेका सबै विदेशीलाई प्रवेश निषेध गरेको छ ।यसअघि नै रुस, जापान, पाकिस्तान र इटाली लगायतले यस्तै प्रकारका यात्रा प्रतिबन्ध लगाइसकेका छन् ।
तर यस कदममा विश्वव्यापी स्वस्थ्य सङ्गठनले भने विरोध गरेको छ । शुक्रबार विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले ‘ यात्रा नियन्त्रणले सूचना बाँडफाड, चिकित्सकीय सामाग्रीको आवातजावतलाई नकारात्मक असर गर्छ । यसले अर्थतन्त्रलाई पनि नोक्सानी पु-याउँछ ’ भनेका छन् । विश्व स्वास्थ्य सङ्गठनले सीमा वारपार गर्दा निगरानी गर्नमात्र भनेको थियो ।

चीनले पनि यात्रा नियन्त्रणको कदमको विरोध गरेको छ । विदेशी सरकार विश्व स्वास्थ्य सङ्गठनको निर्देशनलाई बेवास्ता गरेको चीनले बताएको छ ।चिन विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुन्यीङले ‘ विश्व स्वास्थ्य सङ्गठनले यात्रा नियन्त्रण नगर्न सुझाव दिँदादिँदै अमेरिकाले उल्टो दिशा हिँड्यो ,यो सद्भावपूर्ण कदम होइन ‘ बताएकी छिन् ।

२०१९–एनसीओभी नाम दिइएको नयाँ कोरोनाभाइरसबाट मर्नेको सङ्ख्या अहिले ३ सय ४ पुगिसकेको छ ।

मर्ने सबै चीन छन् भने एक जना फिलिपिन्सका छन् । तीमध्ये पनि २९४ हुवेई प्रान्तका छन् । हुवेई प्रान्तमा रहेको वुहान सहरबाट संक्रमणको प्रकोप सुरु भएको थियो । शनिबार एकै दिन हुवेई प्रान्तमा थप ४५ को मृत्यु भयो ।

सो दिन नयाँ सङ्क्रमितको सङ्ख्या २५९० रह्यो । योसँगै कोरोनाभाइरसबाट सङ्क्रमितको कुल सङ्ख्या १४ हजार २८० पुगेको छ ।

चीनबाहिर कोरोना भाइरसका सयभन्दा बढी सङ्क्रमित भेटिएका छन् । बेलायत, अमेरिका, रुस र जर्मनीजस्ता सम्पन्न राष्ट्रमा पनि रोगको जिवाणु पाइएका छन् ।

हुवेई प्रान्तका अधिकारीले लुनार नयाँ वर्षको बिदा १३ अप्रिलसम्म लम्बाएका छन् । त्यस्तै विवाह दर्तालाई अस्थाई अवधिको लागि रद्द गरेको छ । सार्वजनिक स्थानमा भीड नबढोस् भन्नको लागि यो कदम उठाइएको हो ।

चीनले २४ जनवरीबाट नयाँ वर्षको बिदा दिन थालेको हो र मानिसको भेला रोक्नको लागि चिनियाँ अधिकारीले बिदा बढाइरहेका छन् ।

LEAVE A REPLY