थारुलाई हेपिनु भनेको खम्बु,लिम्बु समग्रलाई हेपिनु हो : पुर्व सांसद खम्बु

थारुको माग पूरा भएन भने सावधान :लक्षमण थारु

0
111

आजकोकुरा: माघ ९ , काठमाडौं । थारुलाई हेपिनु भनेको खम्बु,लिम्बु समग्रलाई हेपिनु हो पुर्व सांसद तथा खम्वुवान राष्ट्रिय मोर्चा अध्यक्ष राम कुमार राइ (आर के खम्वु)ले वताएका छन् !
थारुहट थारुवान राष्ट्रिय मोर्चाले प्रेस बिज्ञप्ति जारि गर्दै बुधवार काठ्माण्डौमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सांसद खम्बुले सो कुरा वताएका हुन् ! साथै उनले ‘ यो थारुहट थारुवानको आन्दोलनमा खम्बुवानको एकवद्दता र समर्थन छ ,त्यो बेला गृहमन्त्री रहेका बामदेव गौतमले टिकापुर घटना दक्षिण बाट आएका काला काला मान्छेहरुले घटाएको हो भनेका थिए, त्यो बेला रेशम चौधरी,लक्ष्मण थारु आ आफ्नो कामामा थिए ,तर,पछि षडयन्त्र गरियो !अहिले ज्यानमुद्दामा सग्लन लाई सभामुख बनाइन्दै छ, भोलि यस्तै हो भने नेपाल भन्ने देश रहदैन त्यस्को जिम्मा १३% बाहुनले लिनुपर्छ ,यो पत्रकार सम्मेलन बाट चेत खुलोस्, अब हामी हजारको हजार मर्न तयार छौ ‘ समेत भने !
यसैगरी उक्त पत्रकार सम्मेलनमा आदिवासी/जनजाति महासंघ उपाध्यक्ष गोविन्द छन्त्यालले ‘ अब यो आन्दोलन निर्णायक हुनेछ , महासंघको पुर्ण समर्थन छ ,उस्तै परे महासंघले भौतिक रुपमै साथ दिनेछ ‘भने !
यसैगरी संघीय लिम्बुवान नेता कुमार लिङ्ग्देनले ‘ एकवद्दता जनाउने, आन्दोलन लिम्बुवानमा पनि उठाउने छौ ,यो देशमा अब जातीय युद्दको सत्ताधारीले माग गरिरहेको छ ‘भने !
कार्यक्रममा नेपा पार्टी अध्यक्ष बिजय सैजुले ‘ गृह युद्दको यस्तै हो भने हुने सम्भावना छ ,नेवाको पुर्ण समर्थन छ ‘पनि भने !

थारुहट थारुवान राष्ट्रिय मोर्चा संयोजक लक्षमण थारुले बोल्दै ‘ हाम्रो माग पूरा भएन भने फागुन१देखि हातमा राको लिएर विशाल रुपमा थारुहरु आन्दोलनमा उत्रेनेछन , सावधान ‘भनेका छन् !
पत्रकार सम्मेलनमा खसांग,आदिवासी जनजाति वुद्दिजिवी ,सामाजिक अभियन्ताको बाक्लो उपस्थित रहेको थियो !

LEAVE A REPLY