विप्लवको पोलिटब्यूरो कार्की नेकपामा प्रवेश

0
61

आजकोकुरा: पौष २६ काठ्माण्डौ ! नेत्रविक्रम चन्द विप्लव नेतृत्व समूहका पोलिटब्यूरो सदस्य मोहन कार्की नेपाल कम्युनिस्ट पार्टी नेकपामा प्रवेश गरेका छन् । नेता कार्कीलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराउदै स्वागत गरेका हुन् ।

शनिबार नेकपा मुख्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता कार्कीले ‘ विप्लवमा राजनीतिक साहस, नैतिकता र इमानदारिता नदेखेको ‘ बताए ।

कार्कीले वताए अनुसार उनी पार्टीले दिएको वार्ताकै जिम्मेवारीका क्रममा चैत १ मा पक्राउ परेका थिए । विभिन्न जेलमा ८ महिना विताएका उनी साउनमा छुटेका थिए ।

उनले विप्लवले वैज्ञानिक समाजवादमा जाने कुरा गरेको र नेकपाले त्यही भनेको, यसमा छलफल गर्ने प्रस्ताव आफूले विप्लव समूहमा हुँदा राखेको पनि सुनाउदै कार्कीले बिप्लवलाइ ‘तपाईको क्रान्तिका मोडल र सैन्य रणनीति के हो भनेर मैले भनेको हुँ र उहाँहरुको शंकास्पद खालका गतिविधिहरु चाहिँ मन परेन ‘ समेत भने ।’

साथै उनले चुनावलाई लिएर पनि विप्लव समूहमा आफ्नो विमती भएको सुनाउदै ‘यो बम किन हानिरहनु भएको छ भन्दा हैन, छैन छैन भन्नुहुन्थ्यो तर साथीहरु रुकुम रोल्पाको डाँडाबाट फोन गर्नुहुुन्थ्यो ‘ वताए !
विगतमा आफूले बाटो विराएको नभई रुपान्तरणको बहसमा रहेको र र नेकपा प्रवेश गर्दा पुनर्मिर्लनको अनुभव भएको कार्कीले बताए ।

LEAVE A REPLY