मनिषाको एक कविता ‘ सरकार म रामविलास

0
434

आजकोकुरा: पौष १९ काठ्माण्डौ ! पछिल्लो समय नेपालि साहित्य तर्फ सशक्त कदम बढाइ रहेकी उदयमान कवि हुन् ‘ मनिषा थुलुङ्ग !’ सोलुमा जन्मिएकी उनि जन्मस्थानको रमणीय भुमि अनि जिन्दगिको आरोह अवरोहको भोगाइले यथार्थ शव्द हरु फुर्ने वताउछिन् ! सधै यथार्थवादी लेख्ने र लेख्न चाहाने उनै मनीषाको एक कविता हामीले आजकोकुरा डटकममा राखेका छौं !

‘ सरकार म रामविलास ‘ – मनिषा थुलुङ्ग !

ठिक यति बेला काठमाडौं कठ्याङ्गृरहेछ
हो त
मौसमले कफि माग गरिरहेछ
कफि बनाउन हात लम्किँदै गर्दा
म सम्झिन्छु एक दरो लुगा भिरेर
चप्पलमा पहिलो चोटि काठमाडौं
आएका राम बिलास महतो र सिताराम महतोको
आँखामामा टिलपिल पानी
र सम्झिन्छु कहिल्यै मुल्य नपाएका
ससम्मान उच्चारण नगरिएका मेरो किसान
बाको चाउरिएको अनुहार !

सरकार तिमीले स्वादन गरिरहेको
हिमालयन जाभामा मेरो आँशु सेवन गरिरहेछौ
तिमीले खाँदै गरेको प्रसादमा मेरो हातको मैला छ
तिम्री अर्धाङ्गिनिले पकाईरहेको खिरमा
मेरो परिश्रमको हिस्सा छ
स्वाद मानी – मानी पिइरहेको दुधचायमा
साहुको किस्ता निलिरहेछौ
ती सव मेरा पाखुरिको मोल थिए
तिमीले मेरो पाखुरिको छेदन गर्‍यौ
र मेरो जवानी सकायौ !

नाति नातिनाको स्कुलको फी तिर्न
नसकेर स्कुल मेरो दिमाग भुटिरहेछ
साहुको ऋणले छाती कुल्चिरहेछ
खै तिम्रो सम्पन्नताले मेरो पेट भरिएन
लिम्रो लोकतन्त्रले मेरो आङ ढाकिएन
न शिक्षा नै मिल्यो !

जाडोमा ज्यान न्यानो बिना म
कठ्याङ्ग्रीदै शितलहरमा पनि
श्रम गरेर माटो सिन्चित गरिरहेछु
यदि कुनै दिन म किसानले श्रम गर्न
छोडेँ भने
माटो सिंचित गर्न छोडेँ भने
तिम्रो पेट पनि खाली हुनेछ
र तिमी पनि खाली हुनेछौ
यदि म किसान भइन भने !

मैले शितलहर पिएर श्रम गर्दैछु
मेरो श्रमले उध्योग उध्योग भएको छ
एक पेट खाएर परिवार पालिरहेछु
मेरो पाखुरिको मोल नपाएर
मेरो परिवार भोकले छटपटाएको
देख्न नसकेर
म तिम्रो राजधानी आए मेरो श्रमको मोल
माग्न
किसानले भिख माग्दैन
हो म रामबिलास महतो आफ्नो श्रमको मोल मात्र खोजेको हूँ
त्यो मोल पनि पाइन भने म यहि मेरो हकको लडाई
लडेरै मर्नेछु
त्यसपछी मेरो सारथिले आगो ओकल्नेछन , बाल्नेछन
तिम्रो लोकतन्त्र र सरकार तिमी पनि ध्वस्त हुनेछौ !

LEAVE A REPLY