खुलामञ्चलाई स्थायी बसपार्क बनाउने योजनाका साथ ढलान गर्न थालेपछि स्थानीयको अवरोध

0
46

आजकोकुरा:असोज१९ काठमाण्डौ । खुलामञ्चलाई स्थायी बसपार्क बनाउने योजनाका साथ ढलान गर्न थालेपछि यसमा स्थानीयबासीले अवरोध गरेका छन् ।

सांसद भीमसेनदास प्रधान, काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर २८ का वडाध्यक्ष भाइराम खड्गीलगाएत आइतबार विहान खुलामञ्च पुगेका स्थानीयबासीहरुले जस्ताको बार भत्काएका हुन् । भर्खर गरिएको ढलानमा गाडी कुदाएर भत्काई समेत दिएका छन् ।

यो संरचना भ्यू टावरका ठेकदार मनोज भेटवालले बनाएका थिए ।उनले यसका लागि महानगरले अनुमति दिएको दाबी गरेको छ । यसबारे उपमेयर खड्गीले भने आफूलाई कुनै जानकारी नभएको बताएकी छन् ।

यसमा वडाध्यक्ष खड्गीले ‘उहाँले महानगरले अनुमति दिएको छ भन्नुभयो तर, त्यो पत्र देखाउनसक्नु भएन ‘भने ।

यसअघि यिनै ठेकदार भेटवालले खुलामञ्चमै व्यवसायिक सटरहरु हालेका थिए । सांसद, उपमेयरका साथै स्थानीयबासीले विरोध गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले डोजर चलाएको थियो ।

अहिले फेरी दशैंको मौका छोपेर खुलामञ्चमा कालोपत्रे गर्न खोजिएको थियो ।जसमा बाहिरबाट नदेखिने गरी जस्ताले बारेर कालोपत्रे गर्न खोजिएको थियो ।

खुलामञ्च राजनीतिक तथा समाजिक संघसंस्थाले कार्यक्रम गर्ने थलोका रुपमा थियो । तर काठमाडौं महानगरपालिकाले बसपार्कमा भ्यू टावर बनाउने ठेक्का दिँदै खुलामञ्चलाई अस्थायी रुपमा बसपार्क बनाइएको थियो ।

LEAVE A REPLY