‘किसान’ र ‘त्रिवेणी’ यी नाम गरेको तोरी तेल गुणस्तरहीन

0
32

आजकोकुरा: असोज १८ काठमाडौं । ‘किसान’ र ‘त्रिवेणी’ यी नाम गरेको तोरी तेल गुणस्तरहीन पाइएको छ । यी तेलमा अखाद्य रंग मिसाएको भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ८ हजार लिटर तेल नै जफत गरेको छ ।

विभागकी महानिर्देशक मतिना जोशी वैद्यले जानकारी दिए अनुसार विभागले गरेको तेल नमूना परिक्षणमा पी डिमेथिय लामिनो अजाबेन्जन नामक रङ भेटिएको हो ।
महानिर्देशक वैद्यले ‘ विभागमा परेको लिखित उजुरी पछि ललितिपुरको सुनाकोठीमा रहेको ओम आयल मिल तथा चितवनको खैरहरीनमा रहेको ओमकार आयल इण्डष्ट्रिजमा छापा मारेर विभागले कारखानामा उत्पादित तथा स्टक तेल जफत गरिएको हो ‘ बताइन् । जफत गरिएको तेल ८ हजार २ सय ५० लिटर रहेको छ ।

साथै गुणस्तरहीन तेल जफत गरेको विभागले दुवै उद्योगमा सिलबन्दीसमेत गरेको छ ।

गुणस्तरहीन तेलबारे अनुसन्धान पूरा गरेर जिल्ला अदालत, ललितपुरमा मुद्दा चलाउने तयारी भइरहेको संचारकर्मीलाई विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण मर्हजनले जानकारी दिएका छन् ।

LEAVE A REPLY