निजामती कर्मचारीले कोशीमा हाम्फालेर आत्महत्या गरे

0
722

आजकोकुरा: असोज१७विराटनगर ।सप्तकोशी नदीमा एक निजामती कर्मचारीले हाम्फालेर आत्महत्या गरेका छन् । यसरि आत्महत्या गर्नेमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय विराटनगरमा कार्यरत नापी सर्भेयर राजेशकुमार साह रहेका हुन् ।

सुसाइट नोटमा आफुले आत्महत्या गर्नुको कारण आफ्ना दुई साझेेदार भएको साहले उल्लेख गरेका छन् ।

साह बुधबार कार्यालय नआएको र साँझ उनीले कोशी नदीमा हाम्फालेर आत्महत्या गरेका थिए ।सप्तकोशी पुलमा उनको को २२ प ६९६५ नम्बरको मोटरसाइकलमा परिचय पत्रसँगै सुसाइड नोट भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माले बताए अनुसार एकलाइनको सुसाइट नोटमा आफ्ना साझेदारका कारण आत्महत्या गरेको लेखिएको छ । तर,नोटमा साझेदार साथीको नाम भने उल्लेख नभएको शर्माले बताए ।

 विराटनगर महानगरपालिका ५ जामुनगाछी घर भएका साहले तीन जनासँग मिलेर इनरुवामा प्लाइउड फ्याक्ट्री चलाएको पाइएको र यसै व्यावसायमा खटपट आएको हुनसक्न आशंका छ ।

तर ,मृतकका आफन्तले भने शुक्रबारसम्म अनुसन्धानका लागि प्रहरीमा जाहेरी दिएका भने छैनन् ।

LEAVE A REPLY