काठ्माण्डौमा १५ किलो नक्कली चाँदीसहित एक जना पक्राउ

0
31

आजकोकुरा: असोज १७ काठमाडौं । १५ किलो नक्कली चाँदीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । यसरि पक्राउ पर्नेमा धादिङ घर भइ महालक्ष्मी–११, इमाडोल बस्दै आएका ३३ वर्षीय राज सापकोटा रहेका छन् ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेश लम्सालले बताए अनुसार सापकोटालाई सक्कली चाँदी भनेर बेच्न लागेकोअवस्थामा पक्राउ गरिएको हो ।
लम्सालले संचारकर्मीलाई बताए अनुसार सापकोटाले इमाडोलमा तिलहरि ज्वेलर्स सञ्चालक गर्दै आएका छन् । पीडितको उजुरीपछि उनलाई धुम्बाराहीबाट पक्राउ गरेर अनुसन्धान थालिएको छ ।

LEAVE A REPLY