दशैंको बेला केशव राइको ‘हितैको माया ‘

0
214

आजकोकुरा:असोज १७ काठमाण्डौ ! हिन्दु नेपालीहरुको महान चाड दशैं नजिकिंदै गर्दा गायक केशव राइले ‘हितैको माया ‘लाइ सम्झिन्दै तेस्रो गीतिसंग्रह सार्वजनिक गरेका छन् ! स्वदेश -बिदेश गरि बिगत २५ वर्षदेखि सक्रिय गायक केशव राइको यो भन्दा अगाडि ‘अजम्बरी फुल ‘र ‘जुत्ता चाइनाको ‘गीतिसंग्रह सार्वजनिक भैसकेको छ !
काठमाण्डौको फलैंचा रेष्टुरेन्टमा पृथक तवरले लोकार्पण गरिएको ‘हितैको माया ‘गीतिसंग्रहका गायक स्वयम् भने मकाउमा कार्यरत छन् ! उनको अनुपस्थितमा लोकार्पण भएको कार्यक्रमका आयोजक सेवा इण्टरटेण्मेण्ट रहेका थिए भने कार्यक्रम संयोजक गीतकार जीवन मुकारुङ्ग रहेका थिए !
गायक ,संगीतकार ,कलाकार तथा संचारकर्मीको बाक्लो उपस्थितिमा विशेष अतिथिहरु प्राग्य शसि लुमुम्बू ,साहित्यकार राजन मुकारुङ्ग,गीतकार संघ उपाध्यक्ष्य तथा चर्चित गीतकार शुभ मुकारुङ्ग,चर्चित कवि चन्द्र रानाहंछा ,गीतकार टिका चाम्लिङ्ग,कवि गीतकार रविन्द्र दिखुक्पा,कवि शुक्र राइ लगाएतको हातबाट सो गीति संग्रह भव्य लोकार्पण भएको थियो !
लोक .आधुनिक र फ्युजन दोहोरि गीतहरु समावेश गरिएको ‘हितैको माया ‘गीतिसंग्रहमा ‘हितैको मायालाई ,झममा झम ,हाँसेर बोलिदेउ सानु,जुगजाने माया,खोले हुन्थ्यो सोल्टिनिले र साकेला नाचौं ‘ गरि ६ वटा गीतहरु रहेका छन् ! यस गीतिसंग्रहमा गायक केशव राइलाइ सुनिता थेगिम,सरु कोयु,सशी राइ,श्रेयसि चेम्जोङ्ग,राजु आङ्ग्देम्बे लगाएतले स्वरमा साथ् दिएका छन् भने शव्द लव्ली तुलसी,जिविहांग राइ,सरु कोयु,कुमार राइ,टिका चाम्लिङ्ग र स्वयम् गायक समेतको रहेको छ !
उक्त लोकार्पण कार्यक्रममा गायक केशव राइ तथा गीतिसंग्रह बारे बोल्दै गायक उमेश राइले ‘ मिठो स्वरका धनि केशव जी लगातार रुपमा २५ वर्षदेखि नेपालि सांगीतिक क्षेत्रमा सक्रिय हुनु नै सकारात्मक लिन सकिन्छ ! उहाँको यो निरन्तरतालाइ उच्च सम्मानको खाँचो छ ,उहाँको यो गीतिसंग्रहाले सफलता पाओस शुभकामना ‘भने !
यसैगरी अन्य विशेसअथितिहरुले पनि गायक केशव राइको स्वरको प्रसंशा गर्दै शुभकामना दिएका थिए !

LEAVE A REPLY