महराले दोस्रो राजीनामा पत्र पनि बुझाए

0
41

आजकोकुरा: असोज १५ काठमाडौं । महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप खेपेका कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएको दोस्रो पत्र पनि बुझाएको खुलासा भएको छ ।

मंगलबार सर्तसहित महराले राजीनामा दिएका थिए । उनले उपसभामुखलाई बुझाएको राजीनामा पत्रमा ‘छानबिन प्रकि्रया पूरा नभएसम्मका लागि’ भनिएको थियो ।

तर,सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उच्च स्रोतकाअनुसार महराको यस्तो राजीनामा पत्रप्रति उपसभामुख शिवमाया तुम्बाहाम्फेले असन्तुष्टि जनाउदै उनले राजीनामामा शर्त नहुने भन्दै महराको पत्रलाई दराजमा थन्क्याएर राख्ने बताएका थिए । साथै नेकपाको सचिवालय बैठकले पनि महरालाई सभामुख र सांसद पदबाट समेत राजीनामा दिन सुझाएको थियो ।

अब पार्टी नेतृत्व र उपउपसभामुखको असन्तुष्टिपछि महराले अर्काे राजीनामा पत्र बुझाएको स्रोतले दाबी गरेको छ ।

त्यसआधारमा नै उपसभामुख तुम्वाहाङ्फेले बुधबार दिउँसो महराले सभामुख पदबाट राजीनामा दिएको सूचना संसद सचिवालयमा टाँस्न लगाएकी थिइन् । त्यस सुचनामा महराको पहिलो राजीनामा उल्लेख गरिएको शर्त कुनै उल्लेख गरिएको छैन ।

सत्तारुढ नेकपाका एक नेताले ‘अब महरा सभामुख रहनुभएन, संसद सचिवालयले उपयुक्त समयमा नयाँ सभामुख चयनको प्रकि्रया सुरु गर्ने छ ‘ भने।

सोमबार सचिवालयकै एक कर्मचारीले महरामाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । महराले सुरुमा आरोप अस्वीकार गर्दै वक्तव्य जारी समेत गरेका थिए ।

तर,लगत्तै मंगलबार नेकपाको सचिवालय बैठक बसेर महराले सभामुख र सांसद दुबै पदबाट राजीनामा दिनुपर्ने निष्कर्ष निकाल्यो । सो स्रोतका अनुसार नेकपा शीर्ष नेताहरुबीच भएको कुराकानीका क्रममा महराको बयान बाझिएको बताइएको थियो ।

यसरि,सचिवालयको निर्णयपछि महराले सभामुख पदबाट राजीनामा दिए । तर,फेरी पीडित भनिएकी महिलाले भने आफूमाथि यौन दुव्र्यवहार नै नभएको भन्दै बोली फेरिरहेकी छिन ।

LEAVE A REPLY