महराले सभामुख पदबाट राजीनामा दिएको सूचना संसद सचिवालयमा टाँसियो

0
40

आजकोकुरा: असोज१५ काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेर कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएको सूचना संसद सचिवालयमा टाँसिएको छ ।

सचिवालयका सचिव भरतराज गौतमले बताए अनुसार उपसभामुखको निर्देशनमा प्रतिनिधिसभा नियमावलीको नियम २११ को उपनियम २ अनुसार सूचना टाँसिएको हो ।

मंगलबार महराले उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा दिएका थिए । उनले राजीनामा पत्रमा ‘छानबिन नहुँदासम्मका लागि’ राजीनामा दिएको उल्लेख भएता पनि तर संसद सचिवालयको सूचनामा यसबारे केही उल्लेख छैन ।

यस सूचनासँग सभामुखको पद अब रिक्त भएको छ र नयाँ निर्वाचनका लागि बाटो खुलेको छ ।

महराको निजी सचिवालयले भने छानविन प्रक्रिया पूरा भइसकेपछि उनी पुनः जिम्मेवारीमा र्फकने दाबी गरेका थिए ।

LEAVE A REPLY