सभामुख महराको राजीनामा सशर्त नहुने : पूर्वसभामुख नेम्वाङ

0
39

आजकोकुरा: असोज १४ काठमाडौं । यौन दुर्व्यवहार गरेको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले ‘आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानविनका लागि अनुसन्धान सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानविन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु ‘ बताए ।

महराले आज उपसभामुखलाई बुझाएको राजीनामा पत्रमा ‘छानविन प्रक्रिया नसकिँदासम्मका लागि’ भन्ने शब्द प्रयोग गरिएको छ ।

राजीनामा पत्रको व्यहोराबारे प्रश्न उठेपछि सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले महराको राजीनामा शर्तसहितको भएको जिकिर गर्दै सामाजिक सञ्जालमा ‘राजीनामाको निर्णयबाट कोही पनि आत्तिनुपर्ने वा खुसी हुनुपर्ने जरुरी छैन । सबै कपोलकल्पित र भ्रामक आरोपहरुबाट मुक्त भएर सम्माननीय सभामुखको जिम्मेवारीमा फर्किनुहुनेछ ‘लेखेका छन्, ।

मल्लले सभामुखले आफूमाथि लागेको गम्भीर आरोपबारे अनुसन्धानमा सघाउन छानविन अवधिसम्म सभामुखको सम्पूर्ण जिम्मेवारी छोडेर राजीनामा दिएको बताए ।
यस सन्दर्भमा संविधानविदहरुले महराले आफ्नो रानीनामामा ‘छानविन प्रक्रिया नसकिँदासम्मका लागि’ शर्त राखे पनि राजीनामा शर्त राखेर नहुने बताउँछन् । संविधानविद विपीन अधिकारीले ‘राजीनामा शर्तसहित हुँदैन ‘भन्छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवास नेम्वाङले समेत सभामुखको राजीनामा सशर्त नहुने बताएका छन् ।

LEAVE A REPLY