उमेशको पुर्वेली जुहारी गीत ‘ट्याम्के र सेल्मे’ (भिडियोसहित)

0
30

जकोकुरा:असोज १४ काठ्माण्डौ ! पुर्वेली भाकाको जुहारी गीत ‘ट्याम्के र सेल्मे’भव्य लोकार्पण गरिएको छ ।राजधानीको चावहिल स्थित फलैंचामा सोमबार एक कार्यक्रमबीच गीतकार सङ्घका कार्यवाहक अध्यक्ष शुभ मुकारुङको प्रमुख आतिथ्यतामा उमेश राईको पूर्वेली जुहारी गीत ‘ट्याम्के र सेल्मे’ लोकार्पण यसरि गरिएको हो ।

फलैंचा इन्टरटेन्मेन्टको पहिलो प्रस्तुति रहेकोउक्त गीत ‘ट्याम्के र सेल्मे’मा उमेशको लय तथा शब्द सङ्कलन, सन्तोष दुमी राई र शसिका राईको साथै स्वयम् उमेश राईको समेत स्वर रहेको छ ।
सो गीतको सङ्गीत संयोजन देवेश राईंको रहेको छ भने गीतको भिडियोलाई छायाँकन र सम्पादन फराज अर्पणले गरेका छन् ।

संचारकर्मी संगको कुराकानीमा उमेश राईले पूर्वेली जुहारी भाका लोपन्मुख रहेको भन्दै यसको संरक्षण र सम्बद्र्धनका लागि आफूहरुले गीत र भिडियो मार्फत स्रोता/दर्शकमाझ ल्याएको बताए ।

यस्तै अतिथिहरुले उमेशले यो अति उदाहरणीय कार्य गरेको भन्दै उनलाई बधाई शुभकामना दिएका थिए ।
उक्त लोकार्पण कार्यक्रममा कला साहित्य र सञ्चार क्षेत्रका व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।

LEAVE A REPLY