कृषि विकास बैंक ५ करोड रुपैयाँ चोरि काण्डमा निर्माण व्यवसायी पनि मुछिए

0
51

आजकोकुरा: असोज ९ काठमाडौं । कृषि विकास बैंकका कर्मचारीको पासवर्ड अनधिकृत रुपमा प्रयोग गरेर करिब ५ करोड रुपैयाँ चोरिएको घटनामा अहिले संलग्नताको आशंकामा थप एक जना पक्राउ परेका छन् ।

यसरि पक्राउ पर्नेमा स्याङ्जा, वालिङका रामकृष्ण भुसाल रहेका छन् । उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले स्याङ्जाबाटै पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले वताए अनुसार उनी प्रतीक्षा निर्माण सेवा कम्पनीका प्रोपाइटर हुन् ।कृषि विकास बैंकको लहान शाखाबाट उनको खातामा ६५ लाख रुपैयाँ पठाइएको भेटिएको थियो ।

काठमाडौं ल्याइसकेपछि उनीसँग विस्तृत बयान दिइने बताइएको छ । प्रहरीले भुसाललाई भारतमा बसेका ह्याकरले खटाएको एजेन्ट मानेको छ ।
यस प्रकरणमा संलग्न १२ जनालाई बुधबार नै प्रहरीले सार्वजनिक गरेको थियो ।

LEAVE A REPLY