यो इमेज अवार्डले मलाइ कामको सम्मान पाएको हुँ भन्ने महसुस गरेको छु :गायक मुकारुङ

0
78

आजकोकुरा:असोज ६ काठमाण्डौ ! श्रष्टाहरुको सम्मान र हौसला अभिवृद्दी साथै राष्ट्रको कला सस्कृतिको जगेर्ना स्वरुप लामो समयदेखि इमेज च्यानलले ‘इमेज अवार्ड ‘आयोजना गर्दै आइरहेको छ ! यस अन्तरालमा २१ औँ टुबोर्ग इमेज अवार्ड भव्य सभ्य सम्पन्न भएको छ !
यसपाली यो २१ औ इमेज अवार्ड अन्तर्गत उत्कृष्ट लोकगायनतर्फको अवार्ड लोकप्रिय गायक भिषण मुकारुङले हात पारेका छन् । साढे दुइ दशकको सांगीतिक यात्राको दौरानमा मुकारुङले यसरि यो पहिलो इमेज अवार्ड प्राप्त गरेका हुन् ! यसपाली मुकारुङलाई ‘खोर्सानी डल्ले’ बोलको गितमा उत्कृष्ट लोकगायनको अवार्ड प्रदान गरिएको थियो ।गायक मुकारुङकै शब्द र संगित रहेको गीतले राम्रो युट्युब भिजिटर्स बटुल्न सफल भएको थियो ।
उनि बि.स.२०५२सालदेखि नेपालि सांगीतिक क्षेत्रमा सक्रिय छन् ! उनको ‘अधेरिमा जुन फुल्दा माया ‘,’चन्द्रमुखी ‘ ‘यायावर ‘जस्ता कयौं लोकप्रिय गीतहरु रहेका छन् ! उनको चन्द्रमुखी बोलको गीत गीतकार संघको ‘वर्ष गीत ‘पनि बनेको थियो ! स्वदेश- विदेशको बिभिन्न ठाउमा सांगीतिक कार्यक्रम गरिसकेका मुकारुङले बिभिन्न सामाजिक संघ सस्थाबाट सम्मान तथा कदर पत्र समेत प्राप्त गरिसकेका छन् !
शनिबार काठमाडौंको होटल सोल्टीमा आयोजित समारोहमा ‘इमेज अवार्ड ‘प्राप्त गरिसकेपछि मुकारुङले आजकोकुरा डटकम संग कुरा गर्दै ‘ यो मलाइ कामको सम्मान पाएको हुँ भन्ने महसुस गरेको छु ,अब मलाइ अझ काम नगरी धरै छैन ,जसरि पनि अब काम निरन्तर गर्नु पर्छ भन्ने बोध गराएको छ ‘भने !

यसैगरी इमेज लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट वरिष्ठ पपगायक, संगीतकार एवं रचनाकार ओमविक्रम विष्टलाई प्रदान गरियो । हाल उपचारकाक्रममा अमेरिकामा रहेका विष्टको अवार्ड उनका सुपुत्र र दिदीले ग्रहण गरे । अमेरिकाबाट भिडियो सन्देश पठाएर वरिष्ठ गायक विष्टले अवार्डले आफूलाई खुसी तुल्याएको बताएका थिए ।
सो कार्यक्रममा २०७५ साल असार १ गतेदेखि २०७६ साल जेठ मसान्तसम्म सार्वजनिक भइ दर्ता भएका नेपाली गीत, चलचित्र, म्यूजिक भिडियो एवं ‘सिंगल ट्रयाक’ हरुमध्येबाट २२ विधामा स्रस्टाहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।
२१ औ इमेज अवार्ड पाउने अन्य:
– यस वर्षको सर्वोत्कृष्ट गायन पुरुषको अवार्ड ‘बाबाको टोपी’का गायक महेश सेवाले प्राप्त गरे भने ‘अब छाडेर जाने’ गीतकी गायिका अन्जु पन्तले सर्वोत्कृष्ट गायन महिलाको अवार्ड प्राप्त गरिन् ।
–महेश काफ्ले र मेलिना राईको गीत ‘नाच फिरिरी’ वर्षको सर्वोत्कृष्ट गीत घोषित भयो ।
– वानिका प्रधानले ‘मायाको रंग’ गीतबाट सर्वोत्कष्ट गायन पप महिलाको अवार्ड हात पारिन् ।
– ‘गल्ती’ बोलको गीतमार्फत् विक्रम बराललाई सर्वोत्कृष्ट गायन पप पुरुषको अवार्ड प्रदान गरियो ।
– आशिष सचिन र मेलिना राईको ‘पिरिम नलाउनी’ बोलको गीतले टुबोर्ग ‘पब्लिक चोइस’को अवार्ड हात र्पायो ।
– सर्वोत्कृष्ट गायन लोकगीततर्फको अवार्ड ‘खुर्सानी डल्ले’ गीतका गायक भीषण मुकारुङलाई प्रदान गरियो ।
– ‘गलबन्दी…’ गीतका प्रकाश सपुत र शान्ती श्री परियारले सर्वोत्कृष्ट गायन दोहोरीगीततर्फको अवार्ड पाउन सफल भए ।
– सर्वोत्कृष्ट दोहोरीगीतको अवार्ड कुलेन्द्र विकको स्वरमा रहेको ‘सालको पात’लाई प्रदान गरियो ।
– उत्कृष्ट गीत रचनातर्फको अवार्ड ‘तिम्रो हाल…’ गीतका रचनाकार वीरेन्द्र पाठकलाई प्रदान गरियो ।
– सर्वोत्कृष्ट समूह वा युगल गायन अवार्ड ‘जलिरहे रातमा…’ बोलको गीतका लागि स्वरुपराज आचार्य र वानिका प्रधानलाई प्रदान गरियो ।
– रेडबुल सर्वोत्कृष्ट नवकलाकार अवार्ड ‘दिल खोलेर…’ बोलको गीतका गायक तारा तिवारी र सर्वोत्कृष्ट संगीततर्फको अवार्ड ‘यो मन…’ गीतका संगीतकार त्रिशला गुरुङ र रोहित शाक्यले प्राप्त गर्न सफल भए ।
– सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशकमा ‘लुकिछिपी’ गीतका नविन चौहान घोषित भए ।
– सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकारतर्फ ‘जाउँ हिँड…’ गीतका हरि हुमागाईं र सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादकको अवार्ड ‘आँखाका जोर’ गीतका लोकेश ब्रजाचार्यले प्राप्त गर्न सफल भए ।
– सर्वोत्कृष्ट म्यूजिक भिडियो विधामा आर्टमान्डु नेपालको गीत ‘लुकिछिपी’ सफल भयो ।
– सर्वोत्कृष्ट चलचित्र गीततर्फको अवार्ड ‘दाल, भात तरकारी’ चलचित्रको ‘भिजिट भिसा’ बोलको गीतले प्राप्त र्गयो ।
– चलचित्र ‘बुलबुल’बाट स्वस्तिमा खड्का उत्कृष्ट अभिनेत्री घोषित भइन् भने उत्कृष्ट अभिनेताको अवार्ड चलचित्र ‘गोपी’बाट विपिन कार्कीले प्राप्त गरे ।
– ‘जात्रै जात्रा’ चलचित्रका निर्देशक प्रदीप भट्टराईलाई सर्वोत्कृष्ट चलचित्र निर्देशकको अवार्ड प्रदान गरियो भने जात्रै जात्रा नै सर्वोत्कृष्ट चलचित्र बन्न सफल भयो ।

LEAVE A REPLY