ऐतिहासिक वाइसिएल केन्द्रिय समिति घोषणा

0
497

आजकोकुरा:भदै २३ काठ्माण्डौ ! कम्युनिष्ट नेता गोपाल किराती नेतृत्व रहेको पुनर्गठित नेकपा (माओवादी केन्द्र )ले आज काठ्माण्डौमा पार्टी भात्री संगठन युवा कम्युनिष्ट लिग (YCL )प्रथम राष्ट्रिय भेला बृहत भव्य सभ्य सम्पन्न गरेको छ !
‘ प्रचण्ड मण्डलीको संसोधनवादी एमालेकरण हुँदै संसदीय भासमा पतन भै सकेपछि पनि नेता गोपाल किरातीको नेतृत्वमा पुनर्गठन भइ आफ्नो उद्देश्य ,आदर्श र सपनामा संघर्षरत गौरवशाली पार्टीको भात्री संगठन युवा कम्युनिष्ट लिग (YCL )प्रथम राष्ट्रिय भेला गर्न लागेका हौँ ‘वाइसिएल संयोजक तथा पुर्व बटालियन भी.सी, प्रकाश राइ गौरवले आजकोकुरालाई बताए !
नयाबानेश्वरको ओमशान्ति पार्टी प्यालेशमा आयोजना गरिएको उक्त प्रथम राष्ट्रिय भेलामा प्रमुख अतिथि पार्टी अध्यक्ष गोपाल किराती रहेका थिए भने अन्य विशेष अतिथिहरुमा पार्टी उपाध्यक्ष तथा प्रदेश १ इन्चार्ज तिलक थापा मगर, महासचिव कर्णजित बुढाथोकी,पार्टी सचिव राजन तिमिल्सिना ,पार्टी भात्री संगठन विधार्थी अध्यक्ष आलोक रायमाझी लगाएतका थिए !
कार्यक्रमको सभाध्यक्ष वाइसिएल संयोजक तथा पुर्व बटालियन भी.सी, प्रकाश राइ गौरवले गरेका थिए भने कार्यक्रम संचालन कम्रेड कपिल सिजापतिले गरेका थिए ! साथै स्वागत मन्तव्य कम्रेड राज्य खम्बुले र कार्यक्रम अन्य गतिबिधि बारे कम्रेड प्रकाश दुमी राइले बोलेका थिए !


उक्त कार्यक्रम मार्फत उनान्सय सदस्य रहने तर हाललाई ८६ वाइसिएल केन्द्रिय समिति नामावली पार्टी उपाध्यक्ष तिलक थापा मगरले पढेर घोषणा गरेका थिए ! सो घोषित केन्द्रिय समितिमा पुर्व बटालियन भी.सी, प्रकाश राइ गौरव अध्यक्ष, उपाध्यक्ष प्रकाश दुमी राइ,सचिव राज्य खम्बु,सचिव कपिल सिजापति लगाएत अन्य ८२ सदस्यहरु को नामावली प्रस्तुत गरिएको थियो ! उक्त वाइसिएल केन्द्रिय सदस्यहरुलाई एक फर्मेशनमा राखेर पार्टी अध्यक्ष गोपाल किरातीले सफथ गराएका थिए !
अन्य १९ सचिवालय सदस्यको नामवली वाइसिएल अध्यक्षले घोषणा गरेका थिए भने उक्त भेलामा शैक्षिक क्षेत्रमा उत्कृष्ट नम्बर ल्याउने (विधार्थी) अखिल क्रान्तिकारीका महासचिव सुन्दर रायमाझीलाइ सम्मान समेत गरिएको थियो ! यसैगरि उक्त भेलामा भोजपुर स्थाई घर भएका कलाकार तथा व्यवशायी श्याम कुमार राइको टोलीले पार्टी प्रवेश गरेका थिए ,नव प्रवेशिलाई पार्टी अध्यक्ष किरातीले स्वागत गरेका थिए !

LEAVE A REPLY