कैलाली टीकापुर भएको घटना राजनीतिक विद्रोह हो :प्रचण्ड

0
29

आजकोकुरा:भदौ२२ काठमाडौं । ०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटना राजनीतिक विद्रोह भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।

थरुहट/थारुवान संयुक्त संघर्ष समितिको वार्ता टोलीका सदस्यहरूसँग आइतबार खुमलटारस्थित आफ्नो निवासमा भएको भेटमा यसरि उनले यस्तो धारणा राखेका थिए ।टीकापुर घटनाको राजनीतिक समाधान निकाल्नुपर्ने अध्यक्ष प्रचण्डको भनाइ थियो ।
प्रचण्डसंग भेटमा सहभागी भएका एक सदस्यले ‘निर्दोष थारुहरूमाथि मुद्दा लाग्नु उचित होइन ,प्रचण्ड सकारात्मक देखिएको छ ‘भने !

टीकापुरमा ७ भदौ ०७२ मा एक नाबालकसहित सात प्रहरीको हत्यासम्बन्धी घटनामा २६ जनाविरुद्ध मुद्दा दायर भएको , जिल्ला अदालत कैलालीले ०७५ फागुन २२ गते तीनजनालाई निर्दोष सावित गरेको थियो भने प्रतिनिधिसभाका सांसद रेशमलाल चौधरीसहित १२ जनालाई अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।तीन वर्ष कैद सजायँ सुनाइएका १५ जना भने रिहा  भइसकेका छन् ।

भेटघाटमा थरुहट/थारुवान संयुक्त संघर्ष समितिले राजनीतिक सहमति गरेर थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम थारु लगायतका थारु नेता, कार्यकर्ता माथि लगाइएको मुद्दा फिर्ता लिन माग पनि गरेको छ ।

LEAVE A REPLY