राष्ट्रिय विकासमा शिक्षा प्रभावकारी साधन हो :राष्ट्रपति

0
35

आजकोकुरा:भदौ२२ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा राष्ट्रिय विकासको महत्वपूर्ण बगैंचा हो ,यसमा सबै प्रकारका फल फलाउन सकिने बताएकी छिन ।

४० औं शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शितलनिवासमा आइतबार आयोजित कार्यक्रममा बोल्दै उनले उपलब्ध स्रोत साधनलाई अधिकतम दिगो र सुन्दरतम् प्रयोग गर्नका लागि शिक्षा प्रभावकारी साधन भएको बताइन् ।

उच्च शिक्षाको आधारको रुपमा रहेको विद्यालय शिक्षालाई बदलिँदो परिवेश र मुलुकको आवश्कता अनुसार पाठ्यक्रम निर्धारण गरी गुणस्तरीय पाठ्यक्रमसहितको अध्ययन कार्य व्यवस्थित गर्न सुझाव समेत उनले दिइन् ।

साथै राष्ट्रपति भण्डारीले ध्ययनको क्रममा प्राप्त ज्ञान र सीपलाई वर्तमान सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय संकल्प साकार पार्न सहयोग पुग्ने विश्वास आफूले लिएको पनि बताइन् ।
सोही अवसरमा राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशी शिक्षण संस्थाबाट विभिन्न उपाधि हासिल गरेका ३७३ जनालाई विभिन्न पदकले सम्मान समेत गरेकी छिन् ।

LEAVE A REPLY