शनिबार रातिदेखि जीएसएम मोबाइल सेवामा समस्या आउन सक्ने

0
41

आजकोकुरा: भदौ २१ काठमाडौं ।नेपाल टेलिकमले शनिबार रातिदेखि जीएसएम मोबाइल सेवामा समस्या आउन सक्ने बताएको छ । कम्पनीले आफ्नो सेवालाई फोरजीमा अपग्रेड गर्न लागेकाले सेवामा समस्या देखिन सक्ने टेलिकमले जनाएको हो ।यो सेवा अपग्रेड गर्दा देखिने सामान्य समस्या भएकाले सकारात्मक सहयोग गर्न टेलिकमले आम ग्राहकसँग आग्रह गरेको छ ।

अहिले टेलिकमको फोरजी सेवा विस्तारको काम भइरहेको र आगामी माघसम्म देशभर नै फोर-जी सेवा विस्तार गर्ने गरी चिनियाँ कम्पनीहरुले काम गरिरहेका छन् ।

तत्कालै भने मुख्य शहरहरुमा फोरजी सेवा विस्तारका लागि विभिन्न प्राविधिक कामहरु गरिरहेकोले मोबाइल सेवा प्रभावित हुन सक्ने टेलिकमको भनाइ छ ।

कम्पनीले शनिबार राति ११.३० बजेबाट मोबाइल सेवामा केही समस्या देखिन सक्ने बताएको छ । सिस्टम अपग्रेड हुँदा यदि सेवामा कुनै समस्या आए मोबाइल अफ गरेर पुनः अन गर्न पनि कम्पनीले सुझाव दिएको छ ।

LEAVE A REPLY