वीरगञ्जमा एक स्कुले छात्रामाथि एसिड प्रहार

0
39

आजकोकुरा: भदौ २० वीरगञ्ज । वीरगञ्जमा एक स्कुले छात्रामाथि एसिड प्रहार भएको छ । रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च मावि कक्षा ९ मा अध्ययनरत छपकैया-३ निवासी रसुल अलीकी छोरी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो ।वीरगञ्ज-१३ श्रीपुर घर भएपनि खातुन अध्ययनका लागि वडा नं. ३ छपकैया स्थित मामा घरमा बस्दै आएकी थिइन् ।

उनीमाथि शुक्रबार विहान करिव ६ बजेतिर दुई जना युवाले गणेशमान चोक जाने गल्लीमा एसिड प्रहार गरेका थिए ।प्रत्यदर्शीले बताए अनुसार गल्लीमा रहेको एउटा सैलुनमा बसेका उनीहरुले खातुनलाई एसिड छ्यापेेर भागेका छन् ।

खातुन त्यो बाटो भएर विद्यालय जाने-आउने गर्थिन् भने विद्यालय पोशाकमैै रहेको अवस्थामा उनीमाथि एसिड प्रहार भएको थियो र एसिडले पोलेर उनी चिच्याउन थालेपछि स्थानीयले अस्पताल पुर्‍याएका थिए ।

एसिडले खातुनको अनुहार, हात र शरीरको केही भाग एसिडले जलेको छ ! नारायणी अस्पतालमा प्रारम्भिक उपचार गरेर उनलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए अनुसार घटनाबारे जानकारी पाएलगतै एसिड प्रहार गर्ने युवकको खोजी शुरु गरेको प्रहरीले घटनामा संलग्न एकजनालाई नियन्त्रणमा लिएको छ ।एसिड प्रहारमा संलग्न मुख्य अभियुक्त वीरगञ्ज-२ छपकैया बस्ने १६ वर्षीय सम्साद मियाँलाई पक्राउ गरिएको छ ।सम्सादले आफूलाई प्रेम नगरेको भन्दै मुस्कानमाथि एसिड प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको पनि डिएसपी शर्माले जानकारी दिए ।

उनका सहयोगी सोही ठाउँका १६ वर्षीय माजिद आलम भने फरार छन् ।

LEAVE A REPLY