बन्दुक पड्काएर समाजवादको यात्रामा पुगिँदैन: नेता जनार्दन शर्मा

0
37

आजकोकुरा: भदौ २० दाङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई शान्ति वार्तामा आउन आग्रह गरेका छन् ।

प्रेस सङ्गठन दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले बन्दुक पड्काएर समाजवाद नआउने भएकाले मूलधारको राजनीतिमा फर्कन विप्लवलाई आग्रह गरेका हुन् ।

नेता शर्माले ‘ बन्दुक पड्काएर समाजवादको यात्रामा पुगिँदैन,वार्तामार्फत तपाईं पनि मूलधारमा आउनूस् ’ भन्दै , तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धका आफ्ना पूर्वसहकर्मीलाई सुझाव पनि दिए !
नेपाली जनताको लामो संघर्ष र बलिदानबाट ल्याइएको संविधानलाई कार्यान्वयनको दिशामा लैजानुपर्ने समेत उनले बताएका थिए ।
साथै उनले भने ‘पार्टी एकता गर्ने सहमति मुख्य कुरा हो, अन्य सहमति तपशील हुन्, पार्टीले अहिलेको आवश्यकताअनुसार नयाँ ढङ्गबाट पनि निर्णय गर्न सक्छ ,पार्टी एकताका सबै काम पूरा भएकाले अब सरकार र पार्टी जनताको चाहना र आवश्यकताको परिपूर्तितर्फ केन्द्रीत भएर अगाडि बढ्छ ’पनि भनेका छन् !

LEAVE A REPLY