अन्तर्राष्ट्रिय गान्धी शान्ति राजदूत शिखर सम्मेलन २०१९ को ब्यापक तयारि हुँदै :आयोजक अध्यक्ष राना

0
86

आजकोकुरा: भदौ १६ काठमाडौं । आउने अक्टोवर ७ देखि ९ सम्म काठमाडौंमा हुने पहिलो अन्तर्राष्ट्रिय गान्धी शान्ति राजदूत शिखर सम्मेलन २०१९ को ब्यापक तयारि हुँदैछ !सो कुरा यसै तयारि लिएर भारत भ्रमणमा रहेका आयोजक गान्धी पीस फाउन्डेशन नेपाल, काठमाडौं नेपालका अध्यक्ष लाल बहादुर रानाले आजकोकुरालाई बताए !
उनले ‘ यो सम्मेलन ऐतिहासिक र प्रभावकारी बनाउन भारतका प्रतिष्ठित व्यक्तिहरुसंग भेटघाट र कुराकानी भैरहेको छ ! यो सम्मेलनका लागि सहभागी हुन् अति इच्छुक र उत्सुक रहेको पनि उनीहरुले बताएको छ ‘भने !
रानाले न्युदिल्ली वेलकम्स प्रेसिडेण्ट डा. बि.एल.यादव,दिल्ली प्रदेश प्रमुख राघवेन्द्र अवस्थी ,ऊतरखण्ड प्रदेश प्रेसिडेण्ट विशाल जैन ,उत्तर प्रदेश प्रमुख डा.आदेश कुमार पण्डित लगाएतसंगको भेटघाट पछि उक्तकुरा बताएका हुन् !

 

LEAVE A REPLY