विश्वका बस्नलायक शहरको सूचीमा एसियाको स्थान नै कमजोर

0
46

आजकोकुरा: भदौ १६ काठमाडौं । हालै सार्वजनिक विश्वका २३१बस्नलायक शहरहरुको मूल्यांकन सूचीमा प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालका शहर परेनन् ।विश्वका बस्नलायक शहरको सूचीमा एसियाको स्थान नै औषतभन्दा तल देखिएको छ ।

दी इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईआईयू) ले हरेक वर्ष विश्वका बस्न योग्य/अयोग्य शहरको सूची सार्वजनिक गर्ने गरेको छ । यस अनुसार विगतझैं सन् २०१९ मा गरिएको सर्भेक्षणमा अन्य महादेशलाई पछि पार्दै युरोपका शहर बस्नलायकको अग्रपंक्तिमा परेको छ ।

स्वच्छ पर्यावरण र अपराधलाई आधार बनाएर गरेको भनिएको सर्भेमा अस्ट्रियाको भियना विश्वकै बस्नलायक शहरको सूचीमा पहिलो नम्बरमा ,स्विट्जरल्यान्डको जुरिचसहित ३ शहर उत्कृष्ट १० मा दर्ज भएका छन् ।साथै ईआईयूको सर्भेक्षणमा जेनेभा नवौं र बसेल दसौं नम्बरमा परेका हुन् ।

त्यसैगरी क्यानडाको भ्यानकुभरसहित जर्मनको म्युनिख र न्युजिल्यान्डको अकल्यान्ड समान तेस्रो नम्बरमा , जर्मनको डसेलडोर्फ छैटौं र फ्यांकफर्ट सातौं नम्बरमा सूचीकृत भएका छन्ब भने स्नयोग्य शहरको आठौं, नवौं र दशौंमा क्रमशः डेनमार्कको कोपनहेगन, स्विट्जरल्यान्डको जेनेभा र स्विटजरल्यान्डकै बसेल परेका छन् ।
अब बस्नलायक २३१ शहरको सूची सार्वजनिक हुँदा नेपालको कुनै पनि शहर सूचीमा परेका छैनन् ।

छिमेकी देश चीनका ११ शहरलाई ईआईयूले मूल्यांकनमा समेटे पनि तुलनात्मक रूपमा शान्त मानिने सांघाइ शहर नै सूचीको १०३ औं नम्बर छ । राजधानी बेइजिङ त १२० औं नम्बरमा छ ।अर्को छिमेकी देश भारतको अवस्था पनि नाजुक छ ।

LEAVE A REPLY