राष्टिय लाखें नाच प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रमको भव्य तयारि :वडाध्यक्ष महर्जन

0
83

आजकोकुरा:भदौ१८ काठ्माण्डौ। नेवार समुदाय भित्रको विभिन्न प्रकारका नाचहरु मध्ये लाखें नाच धेरै रोचक हुन्छ । यो नाच गुँला पर्वमा उपत्यकाका विभिन्न ठाउँमा र इन्द्र जात्रामा काठमाडौँमा देखाईन्छ । मुख्यतया, नवदर्गा नाच भक्तपुर लगायत बनेपा, नाला, धुलिखेल, पनौती, साँगा, देवपत्तन आदि ठाउँमा देखाइने यो नांच कृष्णलाई मार्नका लागि कंसले बहिनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर नेवार समुदायमा लाखें नाच नचाउँने गरिन्छ ।योई नांच नाग पञ्चमीका दिनबाट सुरु गरिएको पुतनाको मृत्युको कामना ऋषि पञ्चमीका दिन मृत्यु भएको सम्झँदै बन्दुक पड्काएर विर्सजन गरिने परम्परा रहेको छ ।

यसै अवसर पारेर चन्द्रागिरी ९, मच्छेगाउँमा वर्षेनी लाखे नाचको आयोजना गरिन्छ । नेपाल साँस्कृतिक कला मन्दिरले आयोजना गरिदै आएको ‘राष्टिय लाखें नाच प्रदर्शनी, साँस्कृतिक तथा सम्मान कार्यक्रम २०७६’ यो वर्ष यही भाद्र २० र २१ गते दुई दिनसम्म भब्यताका साथ मनाईने कुरा चन्द्रागिरी गाउँपालिका वडाध्यक्ष देवेन्द्र महर्जनले जानकारी गराए । नेवार समुदायको मात्र नभएर देशकै मौलिक पर्वको रुपमा मनाउदै आईरहेको लाखे नाच प्रदर्शनी कार्यक्रममा देशका बिभिन्न जिल्लाहरुबाट भाग लिन आउँने गरेको पनि उनको भनाई छ ।
लाखें नाच हेर्न मच्छेनारायण मन्दिरको वरीपरी लाखौं भक्तजन तथा दर्शकको भिड लाग्ने बताउदै महर्जनले यो ‘राष्टिय लाखें नाच प्रदर्शनी, साँस्कृतिक तथा सम्मान कार्यक्रम २०७६’ को व्यापक प्रचार प्रसार र अत्यन्तै बृहत तयारि भैरहेको बताए ! गत शुक्रबार काट्कामण्डौको बसन्तपुरमा लाखे नांच प्रचार प्रसारमा भेटिएका महर्जनले सो कुरा बताउदै नेवार र नेपालि हुनुमा समेत गर्व गरे !

LEAVE A REPLY