बारा – पर्सामा हावाहुरी प्रभावितको लागि नेपाली सेनाले बनाइदिएको घर हस्तान्तरण

0
43

आजकोकुरा:भदौ१८ वीरगञ्ज । बारा – पर्सामा हावाहुरी (टोर्नाडो) प्रभावितहरुका लागि नेपाली सेनाले बनाइदिएको घर बुधबार हस्तान्तरण भएको छ ।वीरगञ्जमा आयोजित कार्यक्रममा हस्तान्तरणका लागि नमुना घर प्रयोग गरिएको थियो ।

प्रधानसेनापति पूर्णचन्द्र थापा, कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगाएतले सम्बन्धित स्थानीय सरकार प्रमुखलाई हस्तान्तरण गरेका छन् ।

नेपाली सेनाको जनता आवास निर्माण कार्यदलका कमाण्डर विनयविक्रम राणाका अनुसार ०७५ चैत १७ गते आएको हावाहुरीबाट घर पूर्ण क्षति भएका ८ सय ६९ वटा परिवारको घर निर्माण गरिएको हो ।

नेपालि सेनाले वर्षायामअघि नै घर निर्माण सक्ने लक्ष्य राखेको तर अविरल बर्षा, निर्माण सामाग्री समयमा उपलब्ध नभएको, सडक राम्रो नभएको र विवादित घरहरुको कारणले समयमा काम नसकिएको जनाएको छ ।

प्रभावितका लागि २ वटा कोठा, एउटा शौचालय, सानो भान्साकोठा र बरण्डा भएको ३ सय ४८ दशमलव ६ वर्गफिटको आकर्षक घर निर्माण भएको र जग्गा नपुग हुनेलाई विभिन्न ५ डिजाइनका घर बनाइएको र जग्गा नभएकालाई स्थानीय सरकारसँग समन्वय गरेर घर निर्माण गरिएको नेपाली सेनाले बताएको छ ।

LEAVE A REPLY