काठ्माण्डौमा मायाको नाकाबन्दी

0
146

आजकोकुरा:भदौ १४ काठ्माण्डौ ! नेपालि साहित्य दिन प्रति दिन फष्टाउदै गैरहेको छ ! दिनहु नयाँ नयाँ गीतहरुको जन्म भैरहेको छ !ठिक आज यसरि नै गीतकार आचार्य प्रभाको एकल गीति संग्रह पुस्तक ‘मायाको नाकाबन्दी ‘भव्य अनि सभ्य लोकार्पण भएको छ !


गीतकार संघ नेपालको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको यस लोकार्पण कार्यक्रममा गीतकार संघ अध्यक्ष चर्चित गीतकार चुडामणि देवकोटाले सभापतित्व गरेका थिए भने प्रमुख अतिथिमा प्रतिष्ठित कवि तथा गीतकार रत्न शम्सेर थापा रहेका थिए !
यसैगरी अन्य विशेष अतिथिहरुमा वरिष्ठ गीतकारहरु राजेन्द्र थापा,डा.कृष्णहरि बराल,दिनेश अधिकारि,एस.पी.कोइराला साथै चलचित्र निर्देशक एवं संचारकर्मी प्रकाश सायमी,प्राज्ञं माया ठकुरी लगाएत रहेका थिए !
लोकार्पण पश्चात मन्तव्य दिने क्रममा प्रमुख अतिथि लगाएत अन्य अतिथिहरुले ‘ नेपालि गीति साहित्यमा आचार्य प्रभा एउटा पृथक गीतकारको रुपमा स्थापित भैसकेका श्रष्टा हुन् ,उनको लेखाइमा गज्जवको दम्भ रहेको छ ,गहकिलो शब्द र परिवेश समेटिएको छ ,जुनकुरा हामि आज लोकार्पण भएको गीति संग्रह मायाको नाकाबन्दीमा पनि छर्लंगै पाउँछौ !उनलाई निरन्तरताको लागि शुभकामना ‘भन्दै व्यक्त गरेका थिए !
राष्ट्रियगान बाट शुभारम्भ गरिएको उक्त लोकार्पण कार्यक्रममा गीतकार संघ उपाध्यक्ष चर्चित गीतकार शुभ मुकारुङ्गले स्वागत मन्तव्य गरेका थिए भने चर्चित गीतकार तथा उपन्यासकार शुशिला पौडेलले उद्घोषण गरेकी थिइन् !

LEAVE A REPLY