प्रधानमन्त्री ओली अस्वश्थ भएपछी नेकपा सचिवालय बैठक स्थगित

0
56

आजकोकुरा: साउन ३०काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि पार्टिको सचिवालय बैठक स्थगित भएको छ ।

केहि दिन अघि मात्रै प्रधानमन्त्री ओली सिंगापुरमा उपचार गराएर स्वदेश फर्किएका थिए । उनले ‘म ठीक छु’ भन्दै ट्वीट गरेका थिए ,तर,विमानस्थलमा कुनै प्रतिक्रिया दिएका थिएनन् !
आज बिहीबार बोलाइएको सचिवालय बैठक प्रधानमन्त्रीको अस्वस्थताका कारण स्थगित भएको छ । बैठकका लागि नेताहरु बालुवाटारसमेत पुगेका थिए ।ओली बैठकस्थलमा नै आएनन् ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माथिल्लो तलामा गएर आराम गरिरहेका ओलीलाई भेटेका थिए । ‘ज्वरो आएको छ र जीउ दुखेको छु भन्नुभएको छ’ एक नेताले बताए ।

नेकपा  प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा सामान्य समस्या देखिरहँदा बैठक बस्नु उपयुक्त नदेखिएकाले बैठक शुक्रबार अपरान्ह ३ बजे बस्ने गरी स्थगित गरिएको छ ।

LEAVE A REPLY