नेपाल विद्युत प्राधिकरणमा ७ अर्ब २० करोड मुनाफा

0
132

आजकोकुरा:साउन २८ काठमाडौँ ! नेपाल विद्युत प्राधिकरणले मंगलबार दिउँसो आफ्नो वार्षिक उपलब्धी सार्वजनिक गर्दै आर्थिक वर्ष २०७५/७६ मा ७ अर्ब २० करोड मुनाफा भएको जानकारी गरेको छ । गत आर्थिक वर्ष २०७४/७५ मा २ अर्ब ९० करोड नाफामा रहेको थियो भने प्राधिकरणको नाफामा यो वर्ष लगभग ४ अर्ब वृद्धि भएको छ ।

यसैगरी विद्युत प्राधिकरणलेआर्थिक वर्ष २०७५/७६ गत वर्षको भन्दा ५ प्रतिशतले चुहावटमा कमि आएको पनि जानकारी दिएको छ। यस वर्ष प्राधिकरणको चुहावट कुल १५.३२ प्रतिशत रहेको छ। जबकी २०७४/७५ मा प्राधिकरणको चुहावट २०.४५ प्रतिशत रहेको थियो।

LEAVE A REPLY