राणा शासनले थोपरेको गलत सम्झौताबाट देशलाई मुक्त गर्नु पर्छ :नेता रावल

0
62

आजकोकुरा: साउन २८ काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलले आज छिमेकी देश र अन्तर्राष्ट्रिय जगतमा भएको घटनाबाट पाठ सिकेर राष्ट्रिय हितमा दृढताका साथ उभिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको विशेष समयमा उनले बोल्दै हालै भारतको जम्मु र कश्मिरमा भएको घटनातर्फ लक्षित गर्दै छरछिमेक र अन्तर्राष्ट्रिय जगतमा भएका घटनाबाट पाठ सिक्नुपर्ने बताएका हुन् ।

साथै रावलले ‘नेपालकै छरछिमेक र अन्तर्राष्ट्रिय जगतमा घटेका घटनाक्रम र राजनीतिक परिस्थितिलाई गम्भीर रुपमा विश्लेषण गर्दै समय काल र अवस्थाअनुरुप राष्ट्रिय हितमा दृढताका साथ अग्रसर हुन आवश्यक छ’ भने ।

यसैगरी,नेता रावलले नेपाललाई कुनै पनि शक्ति राष्ट्र र सामरिक गठजोडमा लाग्न संविधानले समेत अनुमति नदिएको बताउदै उनले शक्ति राष्ट्रहरुले समेत राष्ट्रिय स्वाभिमानलाई महत्व दिइरहेको अवस्थामा अस्थिर राजनीति र द्वन्द्वको अवस्थाबाट नयाँ परिस्थितिमा प्रवेश गरेको नेपालले चनाखो भई आफ्नो हितको रक्षा गर्नुपर्ने पनि बताए ।
राणा शासनले थोपरेको गलत सम्झौताबाट देशलाई मुक्त गर्नुपर्ने , गोर्खा भर्ती केन्द्र बन्द गर्नुपर्ने पनि तर्क राख्दै राष्ट्रिय परिचयपत्र, गाडीका नम्बर प्लेट, कर र भन्सारको महसुल संकलन जस्ता संवेदनशील तथ्यांकको अभिलेख विदेशी सर्भरमा राख्न नहुने पनि बताए ।

LEAVE A REPLY