स्वास्थ्य परीक्षण सकाएर प्रधानमन्त्री ओली आज स्वदेश आउदै

0
68

आजकोकुरा: साउन २७ ,काठमाडौं ।स्वास्थ्य परीक्षणका लागि गत साउन १८ गते सिंगापुर प्रस्थान गरेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश आइपुग्ने भएका छन् । प्रधानमन्त्री ओली परीक्षण सकाएर आज स्वदेश फर्कन लागेका हुन् ।
आफ्नो स्वास्थ्य परीक्षणका लागि उनि पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा. दिव्या शाहको साथमा सिंगापुर प्रस्थान गरेका थिए ।

आइतबार नै प्रधानमन्त्री फर्कने तय भएको,तर , रिपोर्ट आउन ढिला भएपछि सिंगापुरको बसाइ १ दिन लम्बिएको थियो ।प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार, प्रधानमन्त्री ओलीको स्वास्थ्य रिपोर्ट सन्तोषजनक देखिएको छ ।
प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्री ओली थाई एयरलाइन्सको विमानबाट अहिले अपराह्न १२ः२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ !

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका ओलीले यसअघि भारत र थाइल्यान्डमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराउने गरेका थिए । तर यसपटक उनी चिकित्सकको सल्लाहअनुसार, सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षणका लागि गएका हुन् ।

LEAVE A REPLY