गलत समूहको रगतका कारण बालिकाको निधन भएको पुष्टि

0
94

आजकोकुरा:साउन २६ काठ्माण्डौ ! राजधानीको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा वैशाख २३ गते भएको बालिकाको निधन हुनुमा गलत समूहको रगत भएको काउन्सिलले जनाएको छ । यसको छानबिन पछि बालिकाको निधन गलत रगतकै कारणले भएको हुँदा उपचारमा संलग्न १० देखि १५ जना कर्मचारीलाई स्पष्टीकरणको लागि पत्र काटेको पनि काउन्सिलले जनाएको छ ।

गत वैशाख २३ गते केन्द्रमा मुटुको भल्वको शल्यक्रियाका क्रममा सर्लाही सिसौटियाकी आकृति कुमारीको मृत्यु भएको र बालिकाका आफन्तले शल्यक्रियाको क्रममा गलत रगत चढाउँदा बालिकाको मृत्यु भएको भन्दै छानविनका लागि काउन्सिलमा निवेदन दिएका थिए ।

यसै निवेदनको आधारमा काउन्सिलका इथिकल कमिटीका संयोजक तथा वरिष्ठ डा.ढुण्डीराज पौडेलले गलत रगतकै कारणले बालिकाको निधन भएको बताए । साथै पौडेलले बालिकाको रोग जटिल र उच्चस्तरको शल्यक्रिया गरे पनि बाच्ने सम्भावना निकै कम थियो ,तर, गलत समूहको रगतको कारणले गर्दा झनै समस्या भएपछि निधन भएको स्पष्ट पारे !

बालिकाको रक्त समूह ‘ओ पोजेटिभ’ रहेको ,तर,‘ए पोजेटिभ’ समूहको रगत दिइएको थियो । मृतक आकृतिको केसमा भने उपचारमा संलग्न स्वास्थ्यकर्मीको टिमबाट गल्ती भएको वरिष्ठ डाक्टर पौडेलले पनि बताए ।

यसैगरी,संचारकर्मीसँग कुरा गर्दे वरिष्ठ डा.पौडेलले ‘बालिकाको रोग जटिल भएपनि लामो समयको अनुसन्धानपछि गलत समूहको रगत दिएकै कारणले निधन भएको कुरा हाम्रो अनुसन्धानले देखाएको छ ,उपचारमा संलग्न १५ जना कर्मचारीलाई स्पष्टीकरण सोधेका छौँ ’ भने !

LEAVE A REPLY