ब्राउन सुगरसहित मेजर सिंह पक्राउ

0
32

आजकोकुरा:साउन २६ काठमाडौं । नेपालि सेनाको पूर्वी पृतना हेडक्वार्टरमा कार्यरत मेजरअजित प्रतापसिंहलाई नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय, इटहरीको संयुक्त टोलीले शनिबार साँझ पक्राउ गरेको छ ।
ब्राउन सुगरसहित पक्राउ परेका नेपाली सेनाका मेजर सिंह लागूऔषध कारोबारी भएको खुलेको प्रहरीले बताएको छ ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार मेजर सिंहले लागूऔषध ब्राउन सुगरका स–साना पोका विक्री गर्ने गरेका समेत पाइएको छ । प्रयोगकर्ताको माध्यमबाट थालिएको अनुसन्धानका क्रममा उनीसम्म पुगिएको र मेजरले एक हजार रुपैयाँमा एउटा पोका विक्री गर्ने गरेको खुलेको छ ।

पक्राउ पर्दा सिंहको साथबाट ब्राउन सुगरको ४ वटा पोका भेटिएको थियो, जसको कुल तौल डेढ ग्राम छ ।

सिंहसँगै अन्य दुई जनालाई नियन्त्रणमा लिइएको , तर उनीहरुको संलग्नता नदेखिएपछि छाडिसकिएको बताइएको छ ।

इलाका प्रहरी कार्यालय, इटहरीका डीएसपी समिरचन्द्र खरेलले बताए अनुसार मेजर सिंहविरुद्ध आइतबार लागूऔषधसम्बन्धी कसूरमा जिल्ला अदालत, सुनसरीबाट म्याद थप हुनेछ । म्याद थप गरेपछि मात्रै विस्तृत अनुसन्धान थालिनेछ ।

यस अनुसन्धानका लागि सैनिक अधिकृतमाथि अनुसन्धान गर्ने निकाय सैनिक प्रहरी गणले पनि सहयोग गरिरहेको छ ।

LEAVE A REPLY