जनताको थाप्लोमा करको भारी थोपर्न तीन तहको सरकार स्थापना गरेको होइन : प्रचण्ड

0
40

आजकोकुरा: साउन २५ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले जनता दोहोरो करको मारमा परेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

चौथो समुदायिक वन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले गाउँगाउँमा सिंहदरबार भनिएपनि कतिपय ठाउँमा उल्टो भएको , जनताले एउटै विषयमा दोहोरो मात्रै होइन तेहरो कर तिनुपर्ने अवस्था आएको बताए । उनले ‘सबैले कर लगाएर जनताको थाप्लोमा करको भारी थोपर्न तीन तहको सरकार स्थापना गरेको होइन ’पनि भने !

यसैगरी प्रचण्डले ‘ तीन तहको सरकारले एउटै विषय कर लगाउँदा आफैंलाई विडम्बना लाग्छ । रोपेको एउटा थियो, अर्कै उमि्रन खोजेको छ’ समेत भने !

LEAVE A REPLY