काठमाडौँ-१६ म्हैपी मन्दिर क्षेत्रमा ३३ सिसी क्यामरा जडान

0
31

आजकोकुरा:साउन २५ काठ्माण्डौ !प्रदेश–३ सरकारको रु ५० लाख आर्थिक सहयोगमा काठमाडौँ महानगरपालिका–१६ म्हैपी मन्दिर क्षेत्रमा ३३ सिसी क्यामरा जडान गरिएको छ ।

सिसी क्यामरा तथा नवनिर्मित शौचालयको सनिबार काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरे ।

महानगरपालिका प्रमुख शाक्यले बोल्दै १६ नम्बर वडा ठुलो भएकाले बजेट विनियोजनमा विशेष प्राथमिकता दिएको उल्लेख गर्दै शान्त र सुरक्षित महानगर निर्माणका लागि सिसी क्यामरा जडानले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

‘काठमाडौँँ महानगरपालिकाले सुरक्षित बनाउन समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत नेपाल प्रहरीलाई रु पाँच करोड ८१ लाख आर्थिक सहयोग गरेको छ ’ पनि उनले भने ।

यसैगरी प्रदेशसभा सदस्य वसन्त मानन्धरले म्हैपी क्षेत्रको संरक्षणमा चुनौती बढदै गएकाले प्रदेशसरकारले म्हैपी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताए ।

उक्त कार्यक्रममा महानगरीय प्रहरी वृत्त लैनचौरका प्रमुख, प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले उपत्यकामा बढ्दै गएको अपराध नियन्त्रणका लागि सिसीटिभी क्यामरा जडानले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

साथै प्रहरी नायब उपरीक्षक राठौरले ‘अपराध पत्ता लगाउन सिसीटिभी भरपर्दो माध्याम बन्दै गएको छ, सिसीटिभी क्यामरा जडानसँगै अपराधमा कमी आउनेछ , सिसीटिभी क्यामराको निरीक्षण भने महानगरीय प्रहरी वृत्त लैनचौरले गर्नेछ ‘ बताए !

वडाअध्यक्ष मुकुन्द रिजालले १६ वडालाई महानगरकै नमूना वडाको रुपमा विकास गर्न जनप्रतिनिधिका हैसियतले आफू लागिरहेको बताए ।

LEAVE A REPLY