त्रिशूलीको बस दुर्घटना : मृतक ५ पुग्याे, २४ अझै बेपत्ता [यात्रुकाे नामसहित]

0
148

आजकोकुरा: साउन २१ धादिङ । सर्लाही सदरमुकाम मलंगवाबाट ४५ यात्रु लिएर काठमाडौं जाँदै गरेको बस धादिङको बेनीघाट रोराङ–३ सलाङघाटस्थित त्रिशूली नदीमा खस्दा पाँच जनाको मत्यु ,१६ को उद्धार गरिएको र २४ जना अझै बेपत्ता छन् । सो बसलाई क्रेनले तानेर त्रिशूलीबाट निकालिएकाे छ। बसभित्र काेही पनि नभेटिएकाे प्रहरीले जनाएको छ

ना ६ ख ७४६९ सृष्टि डिलक्स बस शुक्रबार बिहान साढे ३ बजे त्रिशूलीमा खसेकोहो। बसमा मलंगवाबाट ४०, सर्लाहीको हरिपुर नगरपालिकाबाट दुई यात्रु चढेको र बसका तीन कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरीले जनाए अनुसार मृतक तीन जनाकाे घटनास्थलमै र दुई वटा शव चितवनकाे जुगेडीमा फेला परेकाे छ। मृतकहरुमा सर्लाहीकै अजय दास र विजय कुर्मीको मात्रै सनाखत भएको छ। तीन जनाको सनाखत हुन सकेको छैन।

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा समन्वय गरि पूरै यात्रुहरुको नामावली मगाएर पहिचान गरिएको जिल्ला प्रहरी प्रमुख राजकुमार वैदवारले वताए।

उद्धार गरिएकाहरुमा भुपेन्द्रकुमार यादव, अनिष राय, सुनिता रोकाया, शिखरकुमार महतो, राकेश बैठा, सञ्जय महतो, जहेन्दर ठाकुर, रोहितकुमार मण्डल, शमिमराजा अन्सारी, धीरेन्द्र ठाकुर, चालक लक्ष्मण जमरकट्टेल, विजयराय यादव, दिनेश ठाकुर, भोगेन्द्र चौधरी रहेका छन्। मलंगवा–९ स्थित रहेको सृष्टि बस काउण्टरमा अहिले बसमा सवार यात्रीका आफन्तको भीड लागेको छ।उद्धार गरिएका मध्ये बसचालक जीवन भनिने लक्ष्मण जमरकट्टेल बेहोस छन् भने सहचालक प्रमोद चौधरीलाई थप उपचारका लागी काठमाडौं पठाइएको छ।

बसको टिकट काटेकाविष्णु गाउँपालिकाका खुश रञ्जन, कौडेना गाउँपालिका शिवनगरका मोहम्म मतलुङ, लक्ष्मीपुरका मनिष रायसहित दुई जना, कविलासी नगरपालिका अगर्वाका नवीनकुमार महतो, चक्रघटा गाउँपालिका बेल्हीका राकेश राउत, औरहीका रवि कुमार तीन जना, भारत मुज्जफरपुरका आशिष कुमारसहित दुई जना, मलंगवा नगरपालिका गम्हरियाका दिनेश ठाकुर, भारतका पर्सामोडका धीरेन्द्र शर्मा, भारतका अररियाका दिलीप दाससहित तीन जना, ब्रम्हपुरी गाउँपालिका त्रिभुवनगरका राजनारायण रौनियारसहित चार जना, मलङ्गवाका सञ्जीव चौधरी, अरिवन्द सिंह (वकिल), अनिष राय, भुपेन्द्र कुमार, रोहित शमिम, सुशील श्रीवास्तव, अनिल, मलङ्गवा गणेशियाका भाग्यनारायण महतोसहित तीन जना, भारतको लरकवाका रामबाबु यादवसहित तीन जना, भारत कुवारीका अजय ठाकुरसहित दुई जना र हरिपुर नगरपालिकाका योगेन्द्र चौधरी, अमित लामा थिए। समाचार स्रोत इकान्तिपुर !

LEAVE A REPLY