गीतकार किरणको ‘भावनाका फूलहरु ‘भाग ३ आयो

0
105

आजकोकुरा:साउन १७ काठ्माण्डौ ! लगातार रुपमा लागिपरिरहेका गीतकार किरण टि लिम्बुको गीतिसंग्रह ‘भावनाका फूलहरु ‘भाग ३ आजदेखि सार्वजानिक भएको छ ! काठ्माण्डौको रक हाउसमा गीतकार संघ नेपाल बाट आयोजित भव्य सभ्य कार्यक्रम मार्फत उक्त गीतिसंग्रह बिमोचन गरिएको छ !जसको सभापतित्व गीतकार संघ अध्यक्ष तथा वरिष्ट गीतकार चुडामणि देवकोटाले गरेका थिए !


कार्यक्रममा प्रतिष्ठित गीतकार राजेन्द्र थापा प्रमुख अतिथि रहेका थिए भने अन्य विशेष अतिथिहरुमा प्राज्ञं गणेश रसिक,वरिष्ट गीतकार विश्व वल्लव,संगीतकार संघ अध्यक्ष शान्तिराम राइ लगाएत रहेका थिए !
विमोचित गीतिसंग्रहमा चर्चित गायक राजेश पायल राइ,दिपक लिम्वु,दिपा लामा , अनु चौधरीको स्वर रहेको छ भने वलराम समाल र उत्तम लिम्वुको संगीत रहेको छ !
‘ नेपालि गीत संगीतको क्षेत्र ज्यादै फराकिलो हुँदै गैरहेको छ ,यो अति नै सकारात्मक कुरा हो,तर नकारात्मक असर पर्न दिनु हुँदैन र यसमा सवै श्रष्टा ,यस संग सम्बन्धित संघ सस्थाले गम्भीर लिनुपर्ने हुन्छ ‘ जस्ता कुराहरु सो कार्यक्रमका प्रमुख अतिथि ,विशेष अतिथिहरुले वताए ! साथै ,साह्रै उत्कृष्ट यथार्थवादी गीतकार किरणको यो गीतिसंग्रहमा समावेश गीतहरुको प्रसंशा समेत गरिएको थियो !
यसैगरी उक्त कार्यक्रममा गीतिसंग्रह ‘भावनाका फूलहरु ‘भाग ३संग सम्बन्धित श्रष्टाहरु ,अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरिएर सम्मान गरिएको थियो ! चर्चित गीतकार बसन्त बि.थापाले कार्यक्रम सन्चालन गरेका थिए !

LEAVE A REPLY