इन्दिराको ‘संसार उजाड ‘

0
352

आजकोकुरा: साउन १५ काठ्माण्डौ ! बेदना,भोगाइ ,प्राय जीवन संघर्ष अनि जीवनलाई प्रेरणा मिल्ने विषयमा कलम चलाउने भावुक गीतकार हुन् इन्दिरा राइ ! उनको प्राय गीतहरुले यस्तै यथार्थ व्यथा बोकेको पाइन्छ ! केहो वर्षदेखि उनको गीतहरु लगातार बजारमा आइरहेको छ ! गीत लेखनमा मात्र होइन गायकीमा पनि अव्वल छिन् इन्दिरा राइ ! नेपालि कला संगीत र साहित्य क्षेत्रमा निरन्तरता दिदै भर्खरै मात्र उनले आफ्नो लेखनमा ‘संसार उजाड ‘बोलको गीतको म्युजिक भिडियो सामाजिक संजाल युट्युव मार्फत सार्वजनिक गरेकी छिन् !
इन्दिराको शव्दमा सार्वजनिक गीतमा प्रकाश घायल राइको संगीत/स्वर रहेको छ भने संगीत संयोजन दिपक राज बि.क.को रहेको छ ! जुन गीतमा रोजिना राइ,रिदम प्रेमको साथमा प्रकाश घायल स्वयमले अभिनय गरेका छन् ! जसलाई सुमन कोइरालाको छायांकन ,निर्देशन लिग्यास भट्टराइ र सम्पादन सफल खड्काको रहेको छ !

LEAVE A REPLY