आयो ‘अमर भावना-२ ‘

0
316

आजकोकुरा:साउन १२ काठ्माण्डौ ! चर्चित गीतकार अमर बान्तुद्वारा लिखित ‘अमर भावना -२ ‘गीतिसंग्रह भव्य रुपले सार्वजनिक भएको छ ! उनको यसै नामको गीतिसंग्रह भाग १ ठिक एक वर्ष अगाडी सार्वजानिक भएको थियो !
वरिष्ट गीतकार,संगीतकार,कलाकार ,व्यक्तित्वहरु तथा संचारकर्मीको बाक्लो उपस्तिथिमा बुधबार साँझ लैनचौर स्थित शंकर होटेलमा भव्य खर्चिलो भएको उक्त विमोचन कार्यक्रमलाई चर्चित संचारकर्मी नरेश भट्टराइले कार्यक्रम संचालन गरेका थिए भने काष्टमंड़प टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो !


गीतकार संघ अध्यक्ष (वरिष्ट गीतकार ) चुडामणि देवकोटाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा पुर्वमन्त्रि तथा वरिष्ट गीतकार एसपी कोइराला प्रमुख अतिथि रहेका थिए ! यसै गरि  विशेष अतिथिहरुमा चलचित्रकर्मी शक्ति वल्लव,दिपाश्री निरौला,चर्चित संगीतकार राजुसिंह ,शान्तिराम राइ ,गायकहरु भिषण मुकारुङ्ग,सत्य-स्वरुप लगाएतको बाक्लो उपस्थिति थियो !
उक्त कार्यक्रममा एल्वममा समावेश भएको गीतहरु मध्य ‘हरहर महादेव’ तिज गीत र अर्को रोमाण्टिक गीत ‘ तिम्रो शहर ‘को भिडियो प्रदर्शन गरिएको थियो ! दुवै गीत गायिका ‘साहिमा श्रेष्ठ ‘ले गायकी हुन् !
साथै,उक्त कार्यक्रममा सवै गीत र भिडियो संग सम्बन्धित श्रष्टाहरुलाई गीतकार अमर बान्तु र प्रमुख अतिथि /विशेष अतिथिहरुको हात बाट मायाको चिनो प्रदान गरिंदै सम्मान गरिएको थियो !
कार्यक्रम पश्चात कक्टेल पार्टी र डिनरको समेत व्यवस्था गरिएको थियो !

LEAVE A REPLY