
आजकोकुरा :जेठ ३२ काठमाण्डौ ! आजकोकुरा डटकमले नेपालि साहित्यको उचाइको लागि साथै श्रश्टा साहित्यकारको लेखनको सम्मानको निम्ति साहित्य लेखन प्रकाशनमा विशेष-विशेष स्थान प्रदान गर्दछ !
आफ्नो अमुल्य सिर्जनालाई हामि सामु कोसेलीकोरुपमा प्रदान गर्नुहुने साहित्यकारहरु प्रति आभार प्रकट गर्दै यहाँहरुको सिर्जनालाई प्रकाशन गर्न पाउँदा अति शौभाग्य ठान्दछौ !
नेपालि साहित्य क्षेत्रमा विगतका केहि वर्षदेखि जिन्गदि केलाउने,ममतालाइ अनि पिडालाइ मिठास अनि यथार्थ तवरले कविता/गीत मार्फत पोख्ने कवि हुन् रिमा केसि ! उनको गत वर्ष मात्रै कवितासंग्रह ‘यात्रामा अक्षर ‘ सार्वजनिक भएको थियो !
आज उनै कवि रिमाको किर्ति ‘यात्रामा अक्षर ‘बाट एक कविता आजकोकुरा डटकम मार्फत :
‘अक्षरहरुमा म ‘
-रिमा केसी !
अक्षरहरुमा छु म
कवितामा
गीतमा
म मेरा आँशु लेख्छु,
हाँसो कोर्छु
मलाइ निचोर्छु
पीडाका चित्रहरु उतार्छु
रंगमा भावना अनुवाद गर्छु
हृदयलाई शब्दमा रुपान्तरण गर्छु
कहिलेकाँही हावाको झोंकाले ल्याएका
एक सर्को खुशी लेख्छु
मेरा टुटेफुटेका शव्दलाई तिमि प्रेम गर्छौ
पढ्छौ
मन पराउँछौ
त्यसो त तिमीले पढिसकेका अक्षरहरु हुँ म
अनि तिमीले आजीवन पढिरहनुपर्ने अक्षरहरु हुँ म
अक्षरहरुमा छु म
कवितामा
गीतमा……


