गीतकार संघ नेपालको सातौँ ‘ राष्ट्रिय श्रष्टा सम्मान ‘ कार्यक्रम २५ जेष्ठमा

' राष्ट्रिय श्रष्टा सम्मान-२०७५ ' वरिष्ट गीतकार नगेन्द्र थापालाई

0
147

आजकोकुरा:जेठ ८ काठमाडौं ।गीतकार संघ नेपालले स्रष्टा सर्जकको उत्साह क्रियासिलता र सम्मानकोलागि वि.स.२०६९देखि हरेक वर्ष ‘ राष्ट्रिय श्रष्टा सम्मान ‘ को कार्यक्रम आयोजना गर्दै आइरहेको छ ! यस वर्ष सातौँ ‘ राष्ट्रिय श्रष्टा सम्मान ,वर्ष गीत पुरस्कार,वर्ष गीत पुस्तक पुरस्कार,डायस्पोरा गीतकार सम्मान ‘ कार्यक्रम २०७६ जेष्ठ २५ गते आयोजना हुँदै गरेको जानकारी गीतकार संघ नेपालले प्रेस बिज्ञप्ति मार्फत गरेको छ !


यस संघको बिज्ञप्ति अनुसार यो वर्षको अमर भावना गीतकार ‘ राष्ट्रिय श्रष्टा सम्मान-२०७५ ‘ वरिष्ट गीतकार नगेन्द्र थापालाई रु.१०००००/-(एक लाख )नगद सहित तामपत्र र दोसल्ला सहित सम्मान गरिने छ !
यसैगरी ‘ डायस्पोरा गीतकार सम्मान ‘ विदेशमा वसि नेपालि साहित्यमा कलम चलाइ योगदान पुर्याउने हाल हंगकंग बस्ने गीतकार राम कृष्ण बान्तवालाइ रु.११०००/-(एघार हजार )नगद र प्रमाण-पत्र सहित सम्मान गरिने छ !
कार्यक्रममा संघको अक्षयकोष निर्माण अभियानलाई रु.११ लाख सहयोगको साथ् दिने गीतकार बसन्त चौधरीलाई अभिनन्दन गरिने छ भने ‘ वर्ष गीतकार-२०७५ ‘को सर्वोकृष्ट गीत सोहि कार्यक्रममा घोषणा गरिंदै रु.एकाउन्न हजारको साथमा प्रमाण-पत्र प्रदान गरिने छ ! 

बिगतका वर्षहरुमा ‘ रास्टृय श्रस्टा सम्मान ‘पाउनेहरु  रत्न सम्सेर थापा ०६९ , किरण खरेल ०७० , यादप खरेल ०७१ , भैरव नाथ रिमाल ०७२ , राजेन्द्र थापा ०७३ , काली प्रसाद रिजाल ०७४ रहेका छन् !
त्यसैगरी ‘ वर्ष गित पुरस्कार ‘ प्राप्त गर्नेहरु सुदिप रेग्मी ०६९ , भावेस भुमरी ०७० , वसन्त थाम्सुहाङ ०७१ , सुबास सङ्गगम राई र नृपध्वोज खड्का ०७२ , पबित्रा राई र सुमन बैरागी ०७४ छन् भने ‘ वर्ष गीत पुस्तक पुरस्कार ‘ ०७२ जिवन मुकारुङ , ०७५ सुमन श्रापित र जानुका राइ छन् !
‘ डायस्पोरा गीतकार सम्मान ‘ जानुका राई बेलाएत ०७३, राखी गौचन अमेरिका ०७४ छन् । यो सम्मान भने ०७३ बाट प्रदान गर्न थालिएको हो

LEAVE A REPLY