साझा यातायातमा गत वर्षको मात्र एक करोड ७८ लाख नोक्सान

0
201

आजकोकुरा: वैशाक् ३१ काठमाण्डौ !साझा यातायातका काठमाडौं उपत्यकाभित्र संचालन हुने बसमा बिहान र बेलुका सधैंजसो यात्रुको ठेलमठेल हुन्छ । प्रायः बसमा सिट पाइनु त टाढाको कुरा पाइलो हाल्नै समस्या हुन्छ । फाराकिलो र अग्लो भएकाले यात्रुले उभिएरै भए पनि यात्रुले साझालाई रुचाउाछन् । तर आश्चर्यको कुरा, यात्रुको थेगिनसक्नुको चाप हुने बस सेवा नै घाटामा छ । साझा यातायात सहकारी संस्थाले आर्थिक वर्ष ०७४/७५ मा १ करोड ७८ लाख रुपैयाँ घाटा भएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

२०७० सालमा आफ्नै लगानीमा १६ वटा बस किनेर सेवा सुरु गरेको साझाले अहिले ५१ वटा बस सञ्चालन गरिरहेको छ । तीमध्ये ३० वटा बस भित्र्याउन काठमाडौं महानगरले आर्थिक सहयोग गरेको थियो । साझामा काठमाडौं महानगरको १० करोड रुपैयााको लगानी छ । ललितपुर महानगरको लगानीबाट साझाले फेरि २० वटा बस थप्दै छ । बस संख्या थपिने, यात्रुको सधैं भीड हुने तर संस्था भने घाटामा । यसले सहकारी ऐन अनुसार सञ्चालित साझाको व्यवस्थापनमै कमजोरी त छैन भन्ने प्रश्न उब्जिएको छ ।

साझाले ठूला बस सञ्चालनमा ल्याएपछि बस व्यवसायीहरु आत्तिएका थिए । साझाको सेवाप्रति यात्रुले पनि गुनासो गरेका छैनन्, बरु व्यापार बढाउन सहयोग गरिरहेका छन् । राज्यले पनि विशेष नीतिगत संरक्षण दिएको छ । यो अवस्थामा साझा घाटामा जानु पक्कै पनि अस्वभाविक हो । व्यवस्थापनले अनावश्यक खर्च घटाएर संस्थालाई पारदर्शी नबनाए विगतमा जस्तै फेरि सीमित व्यवस्थापक र सञ्चालक मोटाउने अनि संस्था टाट पल्टिएर बन्द हुने अवस्था नआउला भन्न सकिन्न ।
समाचार स्रोत इकान्तिपुर !

LEAVE A REPLY